हेर्दा हेर्दै फेवातालमा यसरी खस्यो प्याराग्लाइडिङ

२७ पोखरा । प्याराग्लाइडिङ् गर्ने क्रममा फेवा तालमा खसेका दुई जनाको सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ ।
लेखनाथ महानगरपालिका १८ सारङ्कोटबाट प्याराग्लाइडिङ् गर्ने क्रममा एक्कासी आएको हावा हुरीको कारण अनियन्त्रित भई उनीहरु फेवातालमा खसेका थिए ।

उक्त दुुर्घटनाबारे जानकारी पाउन साथ सशस्त्र प्रहरी बल नेपाल कालिका गण मालेपाटन पोखराबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोली तत्कालै घटनास्थल पुगी उद्धार कार्यमा जुटेको हो ।

सशस्त्र प्रहरी नायव निरीक्षक धमेन्द्र चौधरीको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले मोटरबोटको सहायताले चिनियाँ नागरिक ३० वर्षिया लियु फेन र पोखरा महानगरपालिका ६ लेखसाइड बस्ने ३२ वर्षिय सुरेश नेपालीको सकूशल उद्धार गरेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित