शिक्षण अस्पताल को डिपार्टमेन्टको लकरबाट कटुवा पेस्तोल र ३ राउण्ड गोली बरामद

काठमाडौँ, २७ जेठ l त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको रेडियोलोजी डिपार्टमेन्टको लकरबाट एक थान कटुवा पेस्तोल र ३ राउण्ड गोली बरामद भएको छ । काठमाडौं प्रहरी परिसरको टोलीले अस्पतालको रेडियोलोजी शाखाका कर्मचारीको लकरबाट थान कटुवा पेस्तोल र ३ राउण्ड गोली बरामद गरेको हो ।

यद्यपि पेस्तोल र गोली कसले र किन राखेको हो त्यो भने खुलिनसकेको बताइएको छ ।‘त्यहाँका स्टाफहरुले प्रयोग गर्ने लकर मध्येको एउटा धेरै समयदेखि नखुलेको र ‘जसजसको लकर हो, उनीहरुको नाम लेख्न लगाइएको थियो । तर, कसैले त्यहाँ आफ्नो नाम नलेखेपछि प्रहरीसम्म कुरा पुगेको र खोल्दा पेस्तोल भेटिएको बताइएको छ ।

त्यहाँ कसले सामान राखेको थियो भन्ने रेकर्ड अस्पताल प्रशासनसँग समेत नभएको बताइएको छ । प्रहरीले भने लकर कसले प्रयोग गरेको थियो भन्नेतिर अनुसन्धान थालिसकेको बताइएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top