बलिउड सुपरस्टार सलमान खानको हत्याको योजना बनाएका मोस्ट वान्टेड ग्याङस्टार पक्राउ

२७ जेठ l बलिउड सुपरस्टार सलमान खानको हत्याको योजना बनाएका मोस्ट वान्टेड ग्याङस्टार पक्राउ परेका छन्। भारतिय मिडियाका अनुसार बुधबार कुख्यात अपराधि ग्याङस्टर सम्पत नेहरालाई पक्राउ गरिएको हो । २८ वर्षीय ती ग्याङस्टारले सलमान खानका गतिविधिमा नजर राखिएका थिए।

उनले मुंबई पुगेर सलमानको आउने जाने समयदेखि अंग रक्षकसम्मका बारेमा जानकारी लिइसकेका थिए। नेहराले सलमान खानलाई कालो हरिण मुद्दामा ज्यान मार्ने धम्की दिएका लारेस विश्वोईको ग्याङमा काम गरिरहेका थिए। लारेस बिश्वई ग्याङ एक खतनाक गिरोह हो।

पक्राउ परेका नेहराको निसानामा सलमान परेका थिए। सलमानको हत्यापछि नेहराले विदेश जानेको योजना पनि बनाइसकेको बताइएको छ ।कालो हरिण शिकारको मुद्दामा सलमान धरौटीमा रिहा भएपछि उक्त गिरोह निकै रुष्ट बनेर मार्ने योजना बनाएका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top