जान्नुहोस् ! खाली पेटमा खानु नहुने खाने कुराहरु जसलाई खाली पेटमा खादा विषसरह को काम गर्छ

खानपान र जीवन शैली नै स्वास्थ्य हो । स्वास्थ्य नै सम्पत्ति हो । खानपान र जीवन शैली स्वास्थ्यमैत्री नभएर गम्भीर रोगको सिकार हुनु पर्ने अवस्था आउँछ । एक अध्ययनकाअनुसार केही यस्ता चिज छन्  l जुन खाली पेटमा खानु विषसरह हुनेछ ।

के खानु हुँदैन खाली पेटमा ?

मसालेदार खाना
बिहान खालीपेटमा धेरै पिरो हालेको खानेकुरा खानु हुँदैन । यसले पेटमा एसिडिटी बनाउने गर्छ । जस कारण अल्सल हुने सम्भावना अधिक हुन्छ । अल्सरबाट नै क्यान्सर हुने सम्भावना पनि जीवितै राख्छ ।

सफ्ट वा कोल्ड ड्रिंक्स
सफ्ट वा कोल्ड ड्रिंक्स पनि खाली पेटमा कहिल्यै खानु हुँदैन । यसले उच्च मात्रामा कार्बोनेट एसिड हुन जान्छ । यो पेटको एसिडमा मिलेर गम्भीर समस्या पैदा गर्छ । यसका साथै ग्याष्टिक वा बान्ता हुने समस्या पनि आइलाग्छ ।

चिसो पेय पदार्थ
खाली पेट खान नहुने चिसो पेय पदार्थ पनि हो । खाली पेटमा कोल्ड कफी वा कोल्ड ड्रिंक्स पिउनु हुँदैन । यसले पाचन क्रियामा सहयोग गर्ने झिल्लीलाई हानी गर्छ । साथै पाचन प्रक्रिया ढिलो हुन्छ ।

कफी
खाली पेटमा कफी पिउनु पनि स्वास्थ्यका लागि हानिकारक छ । यसले एसिडिटी हुन सक्छ । कफी हाइड्रोक्लोरिक एसिडकको स्राव रोक्छ । जसका कारण डायजेस्टवि सिस्टम चल्छ र ग्याष्ट्रिकको समस्या हुन्छ ।

अमिलो फल
अमिलो फल पनि खाली पेट खानु हुँदैन । सुन्तला, कागती, अमला आदि खाली पेट खानु हुँदैन । यसले पेटमा एसिड बनाउँछ । यसले पाचन क्रियालाई सुस्त बनाउँछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित