बलिउड फिल्म ‘जेरो’ मा शाहरुख एक पुड्का पात्रको भूमिकामा देखीए हेर्नुहोस् (भिडियो)

किङ्ग खान भनेर चिनिने बलिउडका अभिनेता शाहरुख खान पुड्का कलाकारको रुपमा चलचित्र जेरो मार्फत दर्शकमाझ आउँदैछन् । उनि चलचित्र जेरोका लागि व्यस्त छन् । फिल्मको छायाँकनका लागि उनी अहिले अमेरिका छन् । फिल्मको क्लाइमेक्सको छायाँकन अमेरिकाको नासामा भइरहेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । शाहरुखको प्रोडक्सन कम्पनी रेड चिल्लिज इन्टरटेन्मेन्टले फिल्मको भिएफएक्सको जिम्मा लिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार यस फिल्मका लागि ४ सय जना भिएफएक्स आर्टिस्टहरुले अहिले काम गरीरहेका छन् ।

फिल्ममा शाहरुख एक पुड्का पात्रको भूमिकामा देखा पर्नेछन् । उनलाई पुड्को देखाउनका लागि ४ सय व्यक्तिको समूह विशेष तयारीमा जुटिसकेको समाचारमा उल्लेख गरिएको छ । चलचित्र जेरो मा शाहरुख खानका साथै अभिनेत्री अनुष्का शर्मा र कट्रिना कैफ पनि मुख्य भुमिकामा देखा पर्नेछन् । आनन्द एल रायको निर्देशनमा बन्न लागेको जेरो सन् २०१८ को डिसेम्बर २१ मा संसारभर एकैसाथ प्रर्दशन हुने निर्माण युनिटले जानकारी दिएको छ । शाहरुखलाई पुड्को बनाउन अमेरिकाको स्टुडियोबाट समेत केही भिएफएक्स आर्टिस्टहरुलाई बोलाइएको छ ।

खबर अनुसार यस फिल्मको जम्मा बजेटबाट ७० करोड रुपैयाँ स्पेशल इफेक्टका लागि मात्र खर्च गरिनेछ । जसका कारण शाहरुखको यो फिल्म ‘बाहुबली’ पछि स्पेशल इफेक्टमा बढी लगानी गरेर तयार पारिएको दोस्रो महँगो फिल्म हुने बताइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित