शैक्षिक सामाग्री एवं छात्रबृति बितरण कार्यक्रम सम्पन्न

 पोखरा,  २६ जेठ l  कास्कीको मादी गाँउपालिका वडा नं ४ तारकाङ स्थित श्री धुर्व मा बि मा शैक्षिक सामाग्री एवं छात्रबृति बितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारीले बिद्यालयमा अध्ययनरत ५ जना बिपन्न गरिव तथा जेहेन्दार बालबालीकालाई शैक्षिक सामाग्री बितरण गरेका छन । बिद्यालय ब्यवस्थापन समिति र शिक्षकले छनोट गरि कक्षा ११ मा अध्ययनरत छात्र बुद्ध परियार, ९ का दिपक गुरुङ, ९ छात्रा मनिषा पौडेल, कक्षा ७ का पार्वति तिमिल्सेला र कक्षा ४ का ममता भुजेललाई सिफारिस गरि फाउण्डेशनलाई पठाएको थियो ।


बितरण समारोहमा फाउण्डेशन सचिव टंकराज अधिकारीले बालबालिकाहरुलाई प्रदान गरेको शैक्षिक सामाग्री बढाउदै लैजाने बिपन्न गरिव तथा जेहेन्दार बालबालिका माझ शिक्षाको पहुच पुर्याई शिक्षाको अवसर जुटाउने र वातावरण संरक्षणमा योगदान दिने संस्थाको उदेश्य रहेको बताए । उनले बालबालिकाको अधिकार संरक्षण र प्रर्वद्धनका साथै वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएको संस्थाले सामुदायीक बिद्यालयमा वातावरण क्लब गठन गरि बाल मैत्री र वातावरण मैत्री जनचेतनाका कार्यहरु सञ्चालन गर्न खोजेको बताउदै सहयोगका लागि बिद्यालय परिवारसँग आग्रह समेत गरे ।


कार्यक्रममा मादी गाँउपालिका वडा नं ४ वडाअध्यक्ष सत्यराज साप्कोटाले शिक्षा र वातावरण भनेका एकदमै संबेदनहिल बिषय भएको हुँदा फाउण्डेशनले समाजप्रति गरेको कार्यको प्रसंसा गरेका थिए । पुर्व बिद्यार्थी एवं लेकसिटी हस्पिटल पोखराका डाईरेक्टर यमलाथ सापकोटाले गरिव तथा जेहेन्दार बालबालिकालाई प्रदान गरिएको शैक्षिक छात्रबृतिलाई आगामी दिनमा पनि निरन्तरताका लागि आग्रह गरेका थिए ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालय कास्कीद्धारा प्रदान गर्दै आएको शैक्षिक शत्र २०७४÷७५ सालको छात्रबृति क्रमशः दलित छात्रबृति कक्षा १ देखि ९, छात्रा छात्रबृति कक्षा १ देखि ८, माध्यमीक शिक्षा छात्रबृति कक्षा ९ देखि १० र अपाङ छात्रबृति १ देखि १० सम्मका बिद्याथीलाई छात्रबृति दिईएको थियो ।


बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर साप्कोटाको अध्यक्षतामा सम्पन्न समाजसेवी पुन्यप्रसाद सापकोटा, बिद्यालयका प्र अ शुक्रराज सापकोटा लगाएतले शिक्षाको महत्वका बारेमा आ आफना भनाई राखेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित