संयुक्त राज्य अमेरिकाको टेक्सासस्थित लेविसभिल्ले तालमा डुवेर एक नेपाली युवकको ज्यान गएको छ । चार वर्षअघि विद्यार्थी भिसामा अमेरिका गएका काठमाडौं गोलढुंगाका २३ वर्षीय विवेक दाहालको सोमबार बेलुका साथीहरुसँग पौडी खेल्न जादा ज्यान गएको हो ।उनका साथीहरुका अनुसार विवेक राम्रो पौडीबाज थिए, तर उनले त्यो दिन एक क्यान बियर पिएका थिए ।
चारवर्ष अगाडि अमेरिका गएका दाहाल यसै वर्ष घर फर्कने तयारीमा रहेका थिए ।विवेकको परिवारले उनको शव नेपालमै दाहसंस्कार गर्न चाहेका छन् तर त्यसको लागि खर्च अभाव भएको छ ।शव कसरी नेपाल लैजाने भन्ने चिन्ता रहेको छ ।