कतारी जेलमा मृत्युदण्ड दिने भनीएकाअनिल लाई बचाउनका लागि आमा बाबुले गरे भगवान् सँग नै आग्रह(भिडियो)

भगवान्, छोरालाई सकुशल फर्काइदेऊ । कोही हुनुहुन्छ भने छोरो बचाइदिनुस् । ऊ हाम्रो एउटै छोरो हो ।’महोत्तरीको औरही नगरपालिका—१ की गीतादेवी चौधरी र श्यामकिशोर चौधरीले घरमा पुग्नेहरूसँग गर्ने बिलौना हो यो । बिलौना गरिरहँदा उनीहरू कतिखेर भक्कानिन्छन् त कतिखेर भगवान् पुकारिरहेका हुन्छन् । चार वर्षअघि वैदेशिक रोजगारीका क्रममा कतार गएका अनिल चौधरीलाई त्यहाँको अदालतले गोली हानेर मृत्युदण्ड सुनाएपछि उनको परिवार अहिले चिन्तामा डुबेको छ ।

२३ वर्षीय अनिल घर फर्किन एक वर्ष मात्र बाँकी थियो । तर घर फर्किनु एक वर्षअघि नै उनी कतारी जेलमा परे । कतारी नागरिक उमैर मोहम्मद उमैर अल रामजानी अल नियमियोको हत्या गरी पैसा लुटेको आरोपमा त्यहाँको अदालतले उनलाई मृत्युदण्ड दिने फैसला सुनाएको हो । उनी जेल परेको १५ महिना भइसक्यो । भिडियो हेर्नुहोस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित