चिकन बिरयानी को पैसा तिर्नु परेपछि गोली हानी होटलका साहुको हत्या

चिकन बिरयानी खाएको पैसा तिर्नु परेपछि एकजनाले गोली हानी होटलका साहुको हत्या गरिदिएका छन् । घटना हो भारतको । भारतको बंगालमा चार जना साथी मिलेर चिकन बिरयानी खाएर होटलवाला संजय नामक ब्यक्तिले लागेको पैसा मागेपछि उनको हत्या गरिएको छ ।

होटलवालाले आफ्नो सर्भिस चार्ज सहित खाजाको पैसा मागेपछि ४ जना मध्येका एकले गोली हानेर हत्या गरिदिएका छन् । भारतिय मिडियाका अनुसार होटलवालाले पैसा मागेपछि झगडा सुरु भएको र चार जना मध्य एक जनाले होटलवाला संजय मंडलको गोली हानी हत्या गरे लगत्तै प्रहरी घटना स्थल पुगेर अनुसन्धान थालेको बताइएको छ ।

घटनामा एक जनालाई पक्राउ गरिएको छ भने अन्य अभियुक्तहरु फरार रहेका छन् । एक प्लेट बिरयानीका कारण भएको यो झगडामा ग्राहकले गोली हानी दिएपछि अस्पताल लैजादै गर्दा संजयको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top