रजनीकान्तको फिल्म ‘काला’ रिलिजको दिन निजी कम्पनीले बिदा नै घोषणा

२५ जेठ l साउथका सुपरस्टार रजनीकान्तको आउँदै गरेको फिल्म ‘काला’को रिलिज मिति नजिकिएसँगै दर्शकमा उत्सुकता झन् बढेको छ । रजनीकान्तको फिल्म ‘काला’लाई लिएर दर्शकको उत्साह यति धेरै बढेको छ कि केरला राज्यको एक निजी कम्पनीले फिल्मको रिलिज मितिको दिन बिदा नै घोषणा गर्यो । फिल्म ‘काला’ हिजो देखी प्रदर्शन भइरहेको छ ।

भारतीय मिडियाका अनुसार केरलाको एक आइटी कम्पनीले रजनीकान्तको सम्मानका लागि ७ जुनमा बिदा दिएको हो । कम्पनीले वक्तव्य नै जारी गरेर बिदाको घोषणा गरेको हा।नयाँ पत्रिकमा खबर छ । ‘काला’मा रजनीकान्त मुम्बई धारावीको एक ग्यांगस्टारको भूमिकामा देखिँदै छन् । यस फिल्ममा हुमा कुरेसी, नाना पाटेकर र अञ्जली पाटिल पनि मुख्य भूमिकामा छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top