प्रदेश न. ४ को संयोजकतामा प्राज्ञ नगेन सिहं

तनहु, २२ जेष्ठ । ठकुरी समाज महासंघ नेपालको तनहुको दमैलीमा भएको क्षेत्रिय भेलाले प्राज्ञ नगेन सिहंलाई ठकुरी समाज युवा संघ नेपालको प्रदेश न. ४ को संयोजकतामा ११ सदस्यीय कार्यसमिती चयन गरेको छ ।


कार्यसमितीमा सह संयोजक पुजा शाह, सचिब निरज चन्द, सह सचिब सुरिना शाही, कोषाध्यक्षमा बसन्त हमाल र सदस्यहरुमा संजय मल्ल, कृष्ण ब. शाही, आशिष शाह,बेगम चन्द, सरस्वती हमाल र रमेश हमाल छन् ।


ठकुरी समाज महासंघ नेपालको केन्द्रिय अध्यक्ष चन्द्र कुमार सिहंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ११ जिल्लाका अध्यक्षहरु, तनहुका एसपी, बरिष्ठ उपाध्यक्ष खिम ब. शाही लगायतले शुभकामना मन्तव्य राखेका थिए । ठकुरी समाज महासंघ नेपालको केन्द्रिय उपाध्यक्ष टुकराज हमालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top