सामुदायिक बिद्यालय मा अध्ययनरत छात्र छात्राहरुलाई बिद्यालय पोशाक वितरणSamacharpati        

सामुदायिक बिद्यालय मा अध्ययनरत छात्र छात्राहरुलाई बिद्यालय पोशाक वितरण

पोखरा, २० जेठ l सामुदायिक बिद्यालय मा अध्ययनरत छात्र छात्राहरुलाई बिद्यालय पोशाक वितरण कार्यक्रम आज सम्पन्न भएको छ ।पोखरा लेखनाथ महानगरपालिका बालमैत्री स्थानीय शासन वडा कार्यसमिति वडा नं ९ ले आयोजना गरेको उक्त कार्यक्रममा वडा नं ९ भित्र रहेका ३ वटा सामुदायिक बिद्यालयहरु महेन्द्र मा।बी ,नबप्रभात मा।बी र सहारा बाल आधारभूत बिद्यालयका ५२ जना बिद्यार्थीहरुलाई बिद्यालय पोशाक वितरण गरिएको छ ।


कार्यक्रमका प्रमुख अतिथि पो।ले महानगरपालिका शिक्षा महाशाखा प्रमुख केदारराज आचार्यले सबैभन्दा कम उमेरका बिपिसा थापालाई पोशाक हस्तान्तरण गर्दै कार्यक्रमको उदघाटन गर्नुभएको थियो।विद्यार्थीको मनोविज्ञान बुझेर सिकाइने शिक्षा प्रभाबकारी हुने बताउदै,शैक्षिक महाशाखा मार्फत आउने हरेको सूचनालाई वडा सम्म पुर्याउने प्रतिबद्दता व्यक्त गर्नुभयो।

यस्तै टोल विकास संस्था नगर समन्वय समितिका प्रथम उपाध्यक्ष उत्तम जोशीले बालबालिकाको क्षेत्रमा गरेको लगानीको प्रतिफल अहिले पाइरहेको बताउदै वडाका बालबालिका अहिले धेरै सक्रिय भएको बताउनुभयो ।

वडा सचिब लोकदर्शन कोइरालाले वडाबाट बालबालिका लाइ छुट्टाइएको पांच लाखबाट पोशाक वितरण गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा एक लाख बराबरको बिद्यालय पोशाक् सर्ट पाइन्ट फ्रक र जुत्ता वितरण गरिएको थियो ।

बालमैत्री स्थानीय शासन वडा कार्यसमिति वडा नं ९ का उपाध्यक्ष राममाया मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा स्वागत कार्यक्रमका संयोजक मुना बास्तोला र संचालन बालमैत्री स्थानीय शासन वडा ९ का फोकल प्रसन भाबना श्रेष्ठले गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित