४ नं प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

पोखरा, २० जेठ l

कास्की  सरसफाई कार्यक्रम सम्पन्न
मिति २०७५/०२/१९ गते जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका(३१ बेगनास घाटमा पोखरा बृहत सरसफाई साप्ता हिक कार्यक्रम अन्तर्गत ४ नं। प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिङ बोहोराको प्रमुख आतिथ्यमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा लेखनाथ युवा क्लबको अध्यक्ष राम रानाभाट, प्रशासनिक अधिकृत लेखनाथ पौडेल, भद्रभलाद्मी्, स्थानिय मानिसहरु लगायत अन्दाजी ५०० जनाको संख्यामा सहभागी रहेको थियो ।

कास्की  कुटपिट
मिति २०७५/०२/१८ गते जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका १७ हनुमान टोल नजिकै डयामसाइड बस्ने वर्ष १८ को निरज गुरुङलाई अन्डे भन्ने अनिस नेपाली लगायतका ३।४ जना व्यक्तिहरुले आई निजको शरिरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरि घाइते बनाएको भन्ने खबर प्राप्त हुनसाथ तत्कालै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायव उपरीक्षक नविन कार्कीको कमाण्डमा १५ जनाको टोली खटि गई घाइतेलाई उपचारको लागि मेट्रोसिटी अस्पताल पठाइएको छ ।कुटपिट कार्यमा संलग्न फरार रहेकाले प्रहरीले खोजिकार्य जारी राखेको छ ।

कास्की  करेन्ट लागि मृत्यु
मिति २०७५/०२/१९ गते अंन्दाजी१२ :२० बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका १७ बेलघारी फुस्रेखोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्न गई सोही स्थान बस्ने वर्ष ३४को सन्तोष परियार घाइते भई उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएकोमा निजको मृत्यु भएको छ । माछा मार्ने कार।यमा संलग्न अन्य तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पर्वत  डोजरमा आगोलागी
मिति २०७५/०२/१८ गते राती अन्दाजी २३:११ बजेको समयमा जिल्ला पर्बत फलेबास नगरपालीका वडा नम्बर ५ झकलाक स्थित कार्किनेटा देखी जैमुनीघाट सम्मको मोटर बाटो खन्नको लागी प्रयोग कुश्मा कन्टक्सन प्रा.ली.को चेन भएको डोजर सोही स्थान स्थित पार्कीङ गरी राखेको अवस्थामा अचानक आगोलागी भएको भन्ने खबर २३:२० बजे प्रहरी कार्यालया जानाकारी प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटि गई स्थानिय र प्रहरीको सहयोगमा आगो राती १२:५० बजेको समयमा नियन्त्रणमा लिईएको छ। उक्त आगोलागीबाट डोजर पुर्ण रुपमा जली नष्ट हुदाँ अन्दाजी रू ८० लाख बराबरको क्षेती भएको छ । आगो के कसरी लाग्यो वा कस्ले लगायो भन्ने केही नखुलेको हुदाँ प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तनहुँ  सवारी दुर्घटना
मिति २०७५/०२/१९ गते अंन्दाजी १३:०० बजे जिल्ला तनहुँ ब्यास नगरपालिका १२ स्थित पृथ्वी राजमार्गमा ग १ च ५४१५ न।को कारले पैदल यात्री व्यास नगरपालिका ४ बस्ने वर्ष ४६ को बिमल थापालाई ठक्करदिई घाईतेभई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाईएको छ । कार र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

तनहुँ  कुटपिट
मिति २०७५/०२/१८ गते अंन्दाजी २०:३० बजेको समयमा जिल्ला तनहुँ भानु नगरपालिका ७ टुहुरे पसलमा चन्द्रावती र टुहुरे पसालका अंन्दाजी वर्ष १२र१३ का बालकहरुको फुटबल खेल रहेकोमा खेलको विषयमा विवाद हुँदा सिनियर टोली आई झगडा गर्दा तिन जना घाईते भएका छन् । घाईतेहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भईरहेको छ । उक्त झगडामा समलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्दान गरिरहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top