fbpx

बाबा साहित्य साधक सम्मान आनन्दसुन्दर श्रेष्ठ र कवि लिली अधिकारीलाई

author

समाचारपाटी

१ year अगाडि

पाेखरा । सङ्घर्षमा कलमले हरेक वर्ष अर्पण गर्दै आएको बाबा साहित्य साधक सम्मान २०७८ तनहूँका साहित्यिक अभियन्ता आनन्दसुन्दर श्रेष्ठ र २०७९ कास्कीकी कवि लिली अधिकारीलाई अर्पण गर्ने भएको छ । कवि तथा गीतकार दुर्गाबहादुर शाह बाबालाई प्राप्त पुरस्कार र २०६७ सालमा पोखराको उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न टिकटका एकल कविता वाचन कार्यक्रमबाट बचत रकमबाट स्थापना भएको बाबा साहित्य साधक सम्मान अक्षयकोषको ब्याजबाट उक्त सम्मान अर्पण गरिँदै आइएको हो ।

कवि, साहित्यकार, गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य सह–प्राध्यापक कृष्णप्रसाद पौडेलको संयोजकत्वमा, लोककिन्नरी हरिदेवी कोइराला र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रष्टी कार्यसमिति सदस्य ऋषि बराल सदस्य रहेको प्रतिभा छनौट समितिको सिफारिसलाई कृष्ण सारथिको अध्यक्षतामा सम्पन्न बैठकले सर्वसम्मत स्वीकृत गरेको हो ।

गण्डकी प्रदेशभित्रका स्रष्टालाई अर्पण गरिदै आएको बाबा साहित्य साधक सम्मानबाट लमजुङका रुपिन्द्र प्रभावी, गोरखाकी सरस्वती श्रेष्ठ सरु, बाग्लुङका सुमन श्रापित, पर्वतका शान्तिनारायण श्रेष्ठ, कास्कीका धनबहादुर गायक र कृष्णप्रसाद पौडेल यस अगाडि सम्मानित भइसक्नु भएको छ । सम्मानको राशि नगद १० हजार पाँच सय ५५, सम्मानपत्र र दोसल्ला रहेको छ ।
कोरोना महामारीका कारण सम्मान अर्पण गर्ने वातावरण अनुकूल नहुँदा सङ्घर्षमा कलमद्वारा सञ्चालित बाबा साहित्य साधक सम्मान र ऋषिराम रानाभाट स्मृति सम्मान कोषको ब्याज रकमबाट राष्ट्रिय अनलाइन कविता प्रतियोगिता सञ्चालन गरी यस शृङ्खलालाई निरन्तरता दिइएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय अनलाइन कविता प्रतियोगितामा सुनसरीका किरण चौलागाई शून्यानन्द प्रथम भई ११ हजार एक सय ११।–, तेह्रथुमका बद्री श्रेष्ठ याक्चा द्वितीय भई पाँच हजार पाँच सय ५५।–, पर्वतका श्रीकृष्ण शर्मा र कास्कीकी दिक्षा अधिकारी तृतीय भई जनही तीन हजार तीन सय ३३।– राशिसहितको पुरस्कार प्राप्त गर्न सफल हुनुभएको जनाइएको छ । प्रतियोगितामा प्रथम, द्वितीय हुने कविको पुरस्कार बैंक खातामा दाखिला भइसकेकामा तृतीय शर्मा र अधिकारीलाई सोही समारोहबीच पुरस्कार अर्पण गरिने विज्ञप्तिमा उल्लेख छ ।

शुक्ला साहित्य सङ्गम तनहुँका पूर्व अध्यक्ष रहेका श्रेष्ठको ‘उद्वेलित मनहरू’ गजलसङ्ग्रह कृति प्रकाशित छ । श्रेष्ठसँग शुक्ला साहित्य समिति तनहूँको वार्षिक प्रकाशन शुक्लाप्रवाह कथासङ्ग्रह, कवितासङ्ग्रह, गजलसङ्ग्रह, लघुकथासङ्ग्रह मुक्तक सङ्ग्रहलगायतका विशेषाङ्क, जनसंस्कृति सामयिक सङ्गालो, जनकवि गोकुल जोशी विशेषाङ्क प्रगतिपथ सम्पादनको अनुभवसमेत छ ।

सप्तरंगी साहित्यिक प्रतिष्ठान पोखराबाट सम्मानित श्रेष्ठ प्रगतिशील लेखक सङ्घ, गण्डकी साहित्य सङ्गम, गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँ, सेतीकाली साहित्य सङ्गमलगायतका संघसंस्थामा आवद्ध वाङ्मयिक साधक हुन् । पोखरा–२४, कास्कीकोटका जन्मेकी लिली अधिकारीको ‘पहराको फूल’ कवितासङ्ग्रह निकै चर्चित छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिमा आबद्ध अधिकारी यस अघि संगम साहित्य सम्मान, सगरमाथा साधना सम्मानबाट सम्मानित भइसक्नुभएकाे छ ।

सङ्घर्षमा कलमले पुतलीबजार–७ स्याङ्जामा जन्मेका ऋषिराम रानाभाटको स्मृतिमा स्थापित ऋषिराम स्मृति सम्मान र बाबाद्वारा स्थापित बाबा साहित्य साधक सम्मान हरेक वर्ष एकैसाथ अर्पण गर्दै आएको छ । यो वर्ष पनि दुवै सम्मान २०७९ चैत्र १८ गतेका दिन पोखरामा एक समारोह बीच अर्पण गरिने जनाइएको छ । साथै संस्थाले जारी विज्ञप्तिमा नेपाली वाङ्मयको श्रीवृद्धिमा विविध वाङ्मयिक अनुष्ठान गर्दै आजसम्म आउँदा सहयोग गर्ने सम्पूर्ण स्रष्टा, साधक, शुभेच्छुक, शुभचिन्तक, सञ्चारकर्मीप्रति आभारसमेत प्रकट गरेको छ ।


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन