खेम कार्किको लोकदोहोरी ” गैरी पर्यो ताल ”

सफलता म्युजिक प्रालीको प्रस्तुतिमा खेम कार्किको लोकदोहोरी ” गैरी पर्यो ताल ” गीतको भिडियो बजारमा आएको छ । नेपाली लोक सस्कृतिलाई विकाश गरेर मुलुकमा रहेको सास्कृतिक सम्पदालाई जर्गेना गर्नुपर्छ भन्ने अभिप्रायले गीत तयार पारिएको कार्किले बताए ।

गायक खेम कार्कि र गायिका पुर्णकला विसी र सविना कार्किको गीतमा आवाज रहेको छ । विशुद्ध नेपाली लोक लयमा रहेर खेम कार्किले गीत लेखेका छन भने उनैले संगीत पनि गरेका छन ।

अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई अधिनायकमान सेरचनले सम्पादन गरेका छन । गीतको म्युुजिक भिडियोलाई सरोज रोशन भटटराईले निर्देशन गरेका हुन । ”गैरी पयौँ ताल ” गीतमा प्रदिप ज्ञवाली र अमृता लामाकको अभिनय देख्न सकिन्छ ।हेनुहोस भिडियो सहित

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top