विश्वकप फुटबल २०१८ को अफिसियल गीत सार्वजनिक

विश्वकप फुटबल २०१८ को अफिसियल गीत सार्वजनिक गरिएको छ। गीत अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले शुक्रबार सार्वजनिक गरेको हो। लिभ इट अप शीर्षकको गीतमा अमेरिकी गायक तथा रचनाकार निकी जामले स्वर दिएका छन्। गितमा विल स्मिथ र इरा इस्टनेरफीको पनि साथ छ। गीतको अडियो सार्वजनिक गरिए पनि भिडियो भने सार्वजनिक गरिएको छैन।

अघिल्लो विश्वकपमा वि आर वान बोलको गीत बनाएको थियो। सो गितमा पिटबुल र साकिराले स्वर दिएका थिए। त्यसअघि सन् २०१० को विश्वकपको गीत भने चर्चित बनेको थियो। साकिराले गाएको वाका वाका अफ्रिका को भिडियो र गीत अहिले पनि चर्चित छ।अहिलेको गीतलाई डिल्लोले निर्माण गरेको हो। जेठ ३१ गते रसियाको मस्कोमा हुने उद्घाटन समारोहमा लिभ इट अप गितमा कालकारले अफ्नो प्रस्तुती दिने बताइएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top