४ नं। प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

पोखरा, ११ जेठ l 

४ नं प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरुस्यांङ्जा  शव फेला
मिति २०७५/०२/११ गते अंन्दाजी१२:३० बजेको समयमा स्याङ्जाको भिरकोट नगरपालिका ६ बयरघारी स्थित बयरघारीबाट ढापुक जाने पक्कि पुल मुनि आधिखोलाको पानीमा घोप्टो अवस्थामा हालसम्म नाम थर,वतन नखुलेको पुरुष व्यक्तिको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटि गई थप अनुसन्धान भईरहेको छ ।

तनहुँ  याली निकालेको
मिति २०७५/०२/११ गते अन्दाजी १३:१० बजेको समयमा जिल्ला तनहुँ ब्यास नगरपालिका ३ स्थित नेपाली काग्रेसको पार्टी कार्यालयबाट नेपाल महिला संघको जिल्ला अध्यक्ष पबित्रा पौडेलको नेतृत्वमा अंन्दाजी १ सय ५० जनाको संख्यामा भेला जम्मा भई यहि बैशाख २५ गते घिरिङ गाउँपालिका वडा नं। ४ का वडा अध्यक्ष झक बहादुर कुमालले स्थानिय महिलालाई जबरजस्तीकरणी गरी फरार भएकोले निजलाई तत्काल पक्राउ गरी कानुन बमोजिम कारवाही गर्नुपर्ने माग राखी (‍याली सहित जिल्ला प्रशासन कार्यालय तनहुँमा गई ज्ञापनपत्र समेत बुझाएका छन् । उक्त स्थानमा प्रहरी टोलि खटि गएको छ ।

बागलुङ  सवारी दुर्घटना
मिति २०७५/०२/११ गते अन्दाजि ११:०० बजेको समयमा जिल्ला बागलुङ बागलुङ नगरपालिका ४ उपल्लाचौर स्थित सोहि स्थान निवासी वर्ष ७८ की सबिला खातुन आफ्नै घर अगाडि बाटोमा बसिरहेको अवस्थामा उपल्लाचौर बाट बजार तर्फ आउदै गरेको ध१प २७१६ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा घाईते भई उपचारको लागी अंञ्चल अस्पताल धवलागीरी पठाईएको छ । घटनास्थलमा प्रहरी टोलि खटि गई चालक र सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

नवलपरासी( बर्दघाट सुस्ता पूर्व )  मृत शव फेला
मिति २०७५/०२/११ गते अंन्दाजी ०९:४५ बजेको समयमा जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका (१ मौलाकालिका सामुदायिक वन जंङ्गलको खोल्सामा मानिस मृत अवस्थामा रहेको छ भन्ने खबर टेलिफोन मार्फत प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिगई अनुसन्धान गर्दा हाल नामथर वतन नखुलेको वर्ष अंन्दाजी ५०र५५ को महिलाको शव सडि गलेको अवस्थामा रहेको थियो । शवलाई पोष्टमार्टमको भरतपुर चितवन तर्फ पठाई शवको विषयमा थप अनुसन्धान गर्दा उक्त शव चितवनको खैरहनी नगरपालिका( २ लदरी बस्ने वर्ष ४७ की बालकुमारी लामिछाने रहेको र उनि मिति २०७५/०१/२७ गते देखिआफ्नै घरबाट हराईरहेकी भन्ने बुझिएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) मृत शव फेला
मिति २०७५/०२/११ गते अंन्दाजी ०८:३० बजेको समयमा जिल्ला नवलपरासी ९ बर्दघाट सुस्ता पूर्व ० गैंडाकोट नगरपालिका (६ शिवनगर स्थित दिलकुमारीको घरमा डेरा गरि बस्ने जिल्ला तनहूं बन्दीपुर नगरपालिका (९ स्थाई घर भएकी वर्ष अंन्दाजी ३५ की सीता ठकुरी आफ्नै कोठामा मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई बुझ्दा निज महिला लामो समय देखि पेटको विरामी रहेको भन्ने बुझिएको र प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नवलपरासी ( बर्दघाट सुस्ता पूर्व)  सवारी दुर्घटना
मिति २०७५/०२/११ गते अंन्दाजी ०६:३० बजेको सममयमा जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) कावासोति नगरपालिका १२ लोकाहा पुल स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गईरहेको ना ५ ख ९९२६ नं। को ट्रक र पूर्वबाट पश्चिमम ( काठमाण्डौ – भैरहवा )तर्फ आईरहेको लु १ ख ७४२९ नं। को बस एक आपसमा ठोकिदा ट्रक चालक जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका २३ बस्ने वर्ष ४० को ईन्द्र नेपाली घाईते भई उपचारको लागि भरतपुर चितवन तर्फ पठाईएको छ । उक्त स्थानमा प्रहरी टोलि खटि गई दुवै सवारी साधन र बस चालकलाई नियन्त्रणमा लिएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित