फेरी दोस्रो पटक पनि स्थगित भयो बलिउड अभिनेता सलमान खानको नेपाल यात्रा

११ जेठ l चर्चित बलिउड अभिनेता सलमान खानको नेपाल यात्रा फेरी दोस्रो पटक पनि स्थगित भएको छ । कार्यक्रमको आयोजक संस्थाले ओडीसी इन्टरनेसनलले एक विज्ञप्ति जारी गर्दै विशेष कारणवश कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

उसले चनाद्वारा नयाँ मितिबारे जानकारी दिइने बताएको छ । १० मार्चमा नेपाल आउने भनिएका सलमान विप्लव माओवादीले धम्की दिएपछि अन्तिम समयमा कार्यक्रम रद्द गरिएको थियो ।

पछि फेरि नयाँ मिति तय गरिएको भए पनि कार्यक्रमको प्रचारप्रसार केही गरिएको थिएन । पाँच हजार टिकट पहिल्यै बेचिएको र टिकट किन्नेहरुले भविष्यमा आयोजना हुने कार्यक्रममा भाग लिन सक्ने ओडीसीले बताएको छ ।उनीसँगै कट्रिना सोनाक्षी सिन्हा पनि आउने तयारी थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित