बुढी र छोरी दुवै नायिका हुँदा विनोद मानन्धर निकै खुशी करिष्मा मानन्धरको परिवार सँग को रमाइलो कुराकारी (हेर्नुहोस् भिडियो)

सदाबहार नायिक करिष्मा मानन्धरको परिवारमा यतिबेला सर्वाधिक खुशी थपिएको छ । नेपाली सिनेजगतमा नायिका करिष्मा मानन्धर एउटा सुन्दर र सफल नायिकाका रुपमा परिचित छिन् । उनक श्रीमान पनि कलाकारिता क्षेत्रमै लागेका व्यक्ति हुन् । करिष्मा पति विनोद मानन्धर फिल्म निर्माता समेत हुन् । तर, करिष्मा परिवार यतिबेला त्यो भन्दा पनि थप खुशीयाली यो अर्थमा छ कि उनीहरुकी एक मात्रै छोरी कविता मानन्धर पनि फिल्म     क्ष्ँेत्रमा डेब्यु गरेकी छिन् ।

करिष्मा र विनोदको नामबाट एक एकवटा शब्द सापटी लिएर बनेकी कविता अर्का पुराना र एक्सन किङ्ग शिव श्रेष्ठले निर्माण गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मार्फत नेपाली फिल्ममा डेब्यु गरेकी हुन् । केही दिन पहिले मात्रै टिजर सार्वजनिक भएको यो फिल्ममा कवितासँग शिव श्रेष्ठका पुत्र पनि फिल्म खेलेका छन् । त्यो टिजरमा उनीहरुलाई देखाईएको छैन । भर्खरै मात्र टिजर सार्वजनिक फिल्ममा डेब्यु गरेकी कविता यतिबेला मिडियाको निकै चासोमा परेकी पात्र हुन् । उनी आफ्ना निर्माता तथा कलाकार पिता र मातासँगै अन्तरवार्तामा देखिएकी छिन् । उक्त अन्तरवार्ताका क्रममा कविता निकै उत्साही देखिन्थिन् र उनीमा क्युरिसिटि पनि देखिन्थ्यो ।

उनले आफ्ना माता पितालाई धन्यवाद समेत दिईन् । त्यस्तै, छोरीको डेब्युले करिष्माले आफू खुशी भएको तर, जुन दिन छोरी दर्शकमाझ आउछिन् त्यो दिन झन् महाखुशी हुने बताईन् । त्यस्तै, विनोदले घरमा बुढी र छोरी नै नायिका हुँदाखेरि आफूलाई निकै खुशी लागेको बताए । तर, आफूले सँधै सानो देखेको छोरीले अन्तरवार्तामा बोलेको कुराले उनी निकै भावुक समेत बनेको बताए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top