४ नं प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

पोखरा, ८ जेठ l

कास्कीस् कर्तव्य पालनको सिलसिलामा प्रहरी कर्मचारीको मृत्यु
वडा प्रहरी कार्यालय बगर कास्की दरबन्दी भई ४ नं। प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत गर्दै आईरहेका प्रहरी कार्यालय सहयोगि महन्थू चौधरीको यहि जेष्ठ ६ गते कर्तब्यपालनको सिलसिलामा असमायिक निधन भएको छ । २०४१ साल चैत्र १० गते सप्तरी जिल्लाको गंगाजलि ५ मा जन्मिनुभएका महन्थु चौधरी २०६४ साल भाद्र १५ गते प्रहरी तालिम केन्द्र बुटवल रुपन्देहीबाट नेपाल प्रहरीको प्रहरी कार्यालय सहयोगि पदमा भर्ना भई तत्कालिन क्षेत्रिय प्रहरी कार्यालय, हालको ४ नं। प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत हुनुहुन्थ्यो ।


पार्थीव शरीरलाई जेष्ठ ७ गते सोमबार पश्चिमान्चल क्षेत्रिय अस्पताल पोखराको प्राङगणमा एक श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरी ४ नं। प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरिक्षक बिरेन्द्र कुमार बस्याल र पश्चिम क्षेत्रिय शसस्त्र प्रहरी गण मुख्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक लोकमणी आचार्य लगायत कास्की स्थित विभिन्न प्रहरी कर्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुद्धारा मृत आत्माको शान्तीका लागि श्रद्धाञ्जलि अर्पण गरीएको छ ।

कास्की  सवारी दुर्घटनामा ३ जना घाईते
मिति२०७५/०२/०७ गते अंन्दाजी०७:३०बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका(६ हल्लनचोकमा ग१त४१९८ नं।को ट्याक्टरले ग९प ५७१५नं।को स्कुटीलाई ठक्कर दिदा स्कुटरमा सवार ३ जना घाईते भएका छन् । घाईते हुनेमा धादिङको बेनिघाट बस्ने वर्ष २१ को रञ्जन कडेल, चितवन माडी बस्ने वर्ष १२ को निश्चल आलेमगर र म्याग्दी बेनी ४ बस्ने वर्ष ६ को एन्जल पुन रहेका छन् । घाइतेलाई उपचारको लागी मेट्रोसिटी अस्पताल पोखरा पठाएको छ । घटनास्थलमा प्रहरी टोलि खटि गई फरार रहेका ट्याक्टर चालकको खोजिकार्य जारि राखेको छ ।

तनहुँ  सवारी दुर्घटनामा ३ जना घाईते
मिति २०७५/०२/०७ गते अंन्दाजी१०:५० बजेको समयमा जिल्ला तनहुँ ब्यास नगरपालिका ७ सिस्नेरी स्थित दमौली भोर्लेटार भित्री सडक खण्डमा दमौली बाट दुईपिप्ले तर्फ जादै गरेको ग।१त ३६९० न।को ट्याक्टर अनियन्त्रीत भई पल्टदा ३ जना घाईते भएका छन् । घाईते हुनेमा तनहुँको ब्यास नगरपालिका ७ बस्ने वर्ष १५ को सागर परियार, वर्ष २३ को धन बहादुर गुरुङ र रिसिङ ४ बस्ने वर्ष २१ को डिल बहादुर परियार रहेका छन् । घटनास्थलमा प्रहरी टोलि खटि गई घाईतेहरुलाई उपचारको लागी रत्नहरी अस्पताल दमौली पठाईएको छ ।

बागलुङ  ज्ञापन पत्र बुझाईएको
मिति २०७५/०२/०७ गते अन्दाजी १२:२५ बजेको समयमा जिल्ला प्रशासन कार्यालय बागलुङमा नेपाल मुस्लिम संघ जिल्ला कार्यसमिती बागलुङको आयोजनामा सोही संघका अध्यक्ष करिमसिङ मियाको नेतृत्वमा १०र१२ जनाले नेपाल सरकारले मुस्लिमहरूको परम्परागत चाडपर्वहरूमा दिदै आएको सार्वजनिक बिदाहरू कटौती गरेकोले पुनस् विदा कायम गरियोस भन्ने माग सहितको ज्ञापनपत्र बुझाएका छन् । उक्त स्थानमा प्रहरी टोलि खटि गएको छ ।

म्याग्दी स् घरमा आगलागि
मिति २०७५र०२र०७ गते बिहान अन्दाजी ०८:३० बजेको समयमा जिल्ला म्याग्दी रघुंगगा गाउँपालिका वडा नम्बर ०२ खड्का मारे बस्ने क्षेत्र बहादुर भण्डारीको ढुङगा माटोले बनेको २ तले कच्चि घरमा कोहि नभएको अवस्थामा अचानक आगोलागि भएको छ भन्ने खबर टेलिफोन मार्फत प्राप्त हुनासाथ तत्काल प्रहरी टोलि खटी गई स्थानिय बासिको सहयोगमा ९:५५ बजेको समयमा आगो पुर्ण रुपमा नियन्त्रणमा लिईएको छ । उक्त आगलागिबाट घरको माथिल्लो तलामा रहेका अन्नपात,लत्ताकपडा,भाडाबर्तन गरि बराबरको क्षेति भएको छ ।

तनहुँ  नारा जुलुस गरेको
मितिस्२०७५/०१/११ गते तनहुँको म्यादे गाउँपालिका २ दमसेरा बस्ने वर्ष १७ की सिर्जना थापा आफ्नै घर भित्र झुण्डि मृत अवस्थामा फेला परेको घटनामा निजको श्रीमान वर्ष २० को कुसल थापा मगर माथि कर्तब्य ज्यान मुद्दामा अनुसन्धान भई रहेकोमा मिति २०७५/०२/०७ गते १३:४० बजेको समयमम जिल्ला अदालत तनहुँको गेटमा माईतीपक्ष अन्दाजी८०र९० जनाको संख्याले अपराधीलाई कडा कारबाही हुनुपर्छ भनि नाराबाजी सहित जुलुसमा उत्रिएका छन् । उक्त स्थानमा प्रहरी टोली खटि गएको छ ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top