माउण्ट अन्नपूर्णमा शैक्षिक तालिम सम्पन्न

पोखरा,  ८ जेठ । पोखरा भि.सी.मार्ग स्थित नदीपुरमा रहेको माउण्ट अन्नपूर्ण मा.वि.मा अध्यापन गर्ने शिक्षकहरुलाई एक दिने शैक्षिक नेतृत्व सम्वन्धी प्रशिक्षण प्रदान गरेको छ ।  सहभागीहरुलाई ‘इन्ष्टिच्यूट फर पोजिटिभिटीका निर्देशक तथा ह्युमन डेभलपमेन्ट’ का निदेशक तथा प्रशिक्षक डा. विश्व उदिर पौडेल घर्तिले सहजीकरण गरेका थिए । उनी उक्त विद्यालयका पूर्व विद्यार्थी समेत हुन ।


कसमस गु्रपका अध्यक्ष तथा विद्यालयका संस्थापक तेज गुरुङले विद्यालयमा राम्रो शैक्षिक वतावरण निर्माण गर्न यस्ता प्रशिक्षणले महत्वपूर्ण भुमिका खेल्ने बताए । विद्यालयमा विद्यार्थीहरुमा अध्ययन गर्ने बानीलाई समेत व्यवहारिक बनाउन तथा शिक्षकहरुमा सकारात्मक सोच निर्माण गर्न पनि प्रशिक्षण आवश्यक रहने उनले बताए । विद्यालयका अध्यक्ष चिजकाजी गुरुङले विद्यालयमा विद्यार्थीहरुमा शैक्षिक जागरण ल्याउन शिक्षकहरुको योगदान नै महत्वपूर्ण रहने बताए ।

प्रशिक्षणमा विद्यालयका एकेडेमिक एड्भाईजर अशोक कुमार शाहीले तालिममा सिकेका कुराहरु ब्यवहारमा उतार्न आग्रह गर्दै विद्यालयमा नयाँ कार्ययोजना तयार गर्न अत्यन्तै उपयोगी र मार्ग निर्देशक रहने बताए । प्रशिक्षणमा विद्यालयमा अध्यापन गर्ने १४ जना शिक्षक र २१ जना शिक्षिका गरि जम्मा ३५ जना सहभागी रहेको विद्यालयका प्रिन्सिपल सइन्द्र श्रेष्ठले बताए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top