डिर्भोस दिए बसेकी मेगनलाई बेलायतका राजकुमार ह्यारीले आफ्नी राजकुमारी बनाए

बेलायतका राजकुमार ह्यारी र अमेरिकन नायिका मेगन मार्कल शनिबार बैबाहिक बन्धनमा बाँधिएका छन् । उनीहरुले २ वर्षे लामो प्रेम सम्बन्धलाई विन्ड्सस्थित सेन्ट जोर्जेज च्यापलमा औंठी साटासाट गरेर विबाहमा परिणत गरेका हुन् । मेगन मार्कल आफ्नी आमासहित रोल्स रोयल गाडीमा विवाह स्थलमा पुग्दा त्यहाँको माहोल निकै हेर्नलायक थियो । सेन्ट जोर्जेज च्यापलमा उनलाई हृयारीका पिता युवराज चाल्र्सले हाड डोर्‍याएर भित्र लगे । हृयारी भने दाइ विजियमसँग पुगेका थिए । विवाह समारोहमा निश्चित पाहुना थिए भने सडकमा रिब एक लाख मानिस लामवद्ध भएको बिबिसीले उल्लेख गरेको छ ।

उनीहरुको वैबाहिक समारोह यति भिन्न बन्यो की संसारले थाहा पाउनेगरी बेलायती राजपरिवारले विवाहमा एक लाख आफन्त र शुभचिन्तकलाई बोलायो । बिबिसीका अनुसार राजधानी लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टलमा आयोजना गरिएको वैवाहिक समारोहलाई विश्वभरीबाट चासोका साथ हेरिएको छ भने उनीहरुको विबाहको खबर विश्वभर भाइरल बनिरहेको छ । हलिउडका फिल्म निर्मातासँग यसअघि नै विबाह गरेर डिर्भोस दिएकी मेगनलाई ह्यारीले निशंकोच प्रेम गर्दै आफ्नी राजकुमारीका रुपमा अंगाल्न तयार भएपछि मेगनको भाग्य फेरी चम्किएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित