मानिसको इच्छा र चाहना पनि अनौठो हुन्छ, पतिसँग डिभोर्स दिएर कुकुरसँग विवाह

५ जेठ l

मानिसको इच्छा र चाहना सुन्दा पनि अचम्म लाग्छ । यस्तै खालको खबर प्राप्त भएको छ । बेलायती एक महिलाले पतिसँग डिभोर्स दिएर कुकुरसँग विवाह गरेकी छन् ।

दुई सय जनाभन्दा बढी पाहुना बोलाएर ४७ वर्षीया अमान्डा रेजार्सले कुकुरसँग विवाह गरेकी हुन् । आफ्नै घरमा पालेको कुकुर शेबा मेरासँग विवाह गरेकी उनले केही महिना अगाडि श्रीमान्लाई डिभोर्स दिएकी थिइन् ।

कुकुरसँग विवाह गर्नकै लागि उनले श्रीमानलाई डिभोर्स दिएको बताइएको छ । श्रीमानसँग डिभोर्स भएपछि सोही कुकुरलाई पति मानेर बसेकी उनले अन्ततः सोही कुकुरसँग औपचारिक रुपमै विवाह गरेकी हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित