बच्चा नजन्माउने निर्णय गरेका राजेश हमाल कसरि ? भए त !अभिभावक

अभिनेता राजेश हमाल विवाहित हुन् । उनको सन्तान छैन । तर, अभिभाव बनेका छन् राजेश । सरकारले आह्वान गरेको विद्यार्थी भर्ना अभियानलाई सहयोग गर्दै कपिलवस्तुको बुद्धभूमी नगरपालिका २ गोरुसिंगेका एक बालकको अभिभाव बनेर उनलाई विद्यालयमा भर्ना गरिदिएका छन् ।

आफू अभिभावक बनेर राजेशले गौतम बुद्ध उच्च मा.वि.मा ५ वर्षीय राज थारुलाई कक्षा १ मा भर्ना गरेका हुन् । राजेशले बुद्धभूमी नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा सम्मन्वय ईकाई कपिलवस्तुको समन्वयमा अभिभावक बनेर थारुलाई विद्यालय भर्ना गरेका हुन ।

राजलाई भर्ना गरेपछि प्रतिक्रिया दिने क्रममा नायक राजेशले यो आफ्नो जीवनको पहिलो अनुभव भएको बताए । पिता गुमाएका राजलाई विशेष हेरचाह समेत गर्ने बताएका राजेशले उसको असल अभिभावकत्व प्रदान गर्ने जानकारी दिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top