मकालु एयरको कार्गो विमान हुम्लाको वामखर्कमा दुर्घटना

हुम्ला, २ जेठ  । सुर्खेतबाट हुम्लाको सिमकोटका लागि उडेको मकालु एयरको कार्गो विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ वामखर्कमा दुर्घटना भएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले विमान खार्पुनाथको वामखर्कका दुर्घटना भएको पुष्टि गरे । क्षतिको विवरण भने प्राप्त भएको नभएको उनले बताए । उनले उद्धारका लागि घटनास्थलतर्फ हेलिकोप्टर पठाइएको बताए ।

विमान दुर्घटना भएको जानकारी एक स्थानीयले दिएको हुम्लास्थित सहकर्मी नृप हमालले जानकारी दिए । मकालु एयरको सो विमान आज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट सिमकोटको लागि उडेकोे थियो । विमानमा चालक दलका दुईजना सदस्यमात्र थिए । विमान चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीले चलाएको सुर्खेत विमानस्थल कार्यालयले जनाएको छ ।

नाइन एनएजेयु कलसाइन रहेको विमान ११ सय ७० किलो सामान बोकेर हुम्लाको सिमकोटका लागि उडेको थियो । यसअघि विमान बाजुराको कर्णाली नदी किनारमा आकस्मिक अवतरण गराइएको खबर आएको थियो ।

 

source:imagekhabar

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित