सनसाइन महिला फुटबल क्लब मेचीनगरको आयोजनामा जिल्लास्तरीय महिला फुटबल प्रतियोगिता हुने

झापा, १ जेठ । झापामा जिल्लास्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको छ । सनसाइन महिला फुटबल क्लब मेचीनगरको आयोजनामा यही जेठ ५ देखि १२ गतेसम्म प्रतियोगिता सन्चालन हुन लागेको हो ।

महिला खेलाडीको अभाव हुन नदिन र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलमा पुर्‍याउनका लागि जिल्लामा पहिलोपटक महिला फुटबल प्रतियोगिता गर्न लागिएको आयोजक समिति अध्यक्ष अस्मिता खवासले जानकारी दिइन् । मेचीनगरस्थित ज्यामिरगढी माविको खेल मैदानमा हुने प्रतियोगितामा ८ ओटा महिला टिमको सहभागिता रहनेछ । विजेता र उपविजेताले क्रमशः ५५ र ३० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top