मिस प्रिन्सेसको उपाधि स्नेहालाई

पोखरा, १ जेठ l सरगम सांस्कृतिक कला केन्द्रको आयोजनामा भएको मिस प्रिन्सेस कास्की–२०१८ को उपाधि स्नेहा श्रेष्ठले जितेकी छन् । स्कुल स्तरमा अध्ययन गर्ने नानीहरुको कला र प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको सो प्रतियोगिता अन्तिम प्रतिस्पर्धा पोखरा उद्योग वाणिज्य संघको हलमा सम्पन्न भएको थियो ।

सुरुवातीबाटै निर्णायकको मन जित्दै आएकी स्नेहा श्रेष्ठ डाईमण्ड स्कुलमा कक्षा ९ मा अध्ययनरत छिन् । निर्णायक मण्डलका संयोजक सञ्चारकर्मी सुशिलले सोधेको प्रश्नका एउटा महिलाले राष्ट्रको लागि कस्तो भूमिका खेल्नुपर्छ भन्ने प्रश्नमाः महिला आफैमा आदर्शकी खानी हुन् त्यसैले महिलाले अरु भूमिका खेल्नु पर्दैन, महिलाले पुर्याएको योगदान नै काफी छ भन्दै सो उपाधि आफ्नो पोल्टामा पार्न सफल भई चाँदीको क्राउन, म्युजिक भिडियोसँगै मिस फोटोजेनिकको अवार्ड पाइन् । साथै फस्ट रनर सृजना थापा र सेकेण्ड रनर अप सुस्मिता बन्जरा बन्न सफल भइन् ।

उपाधि सँगै चाँदीको क्राउनका साथ ट्रफी, मेडल प्राप्त गरे । एक महिनासम्म व्यक्तित्व विकास, नेतृत्व तथा क्याट वाक तालिम दिएको सो प्रतियोगितामा वेस्ट फिगर सुस्मिता बञ्जरा, वेस्ट हेयर तमन्ना श्रेष्ठ, ब्युटी विथ प्रपोज आईस्मा कायस्थ, वेस्ट स्कीन मेरीजन गुरुङ, वेस्ट अडिशन जेशिका गुरुङ, मोस्ट डिसीपिलिन सिम्रन सिग्देल, ब्यूटीफूल फेश सलिना बगाले, मोस्ट हार्डवर्कर सृजना थापा, मिस फ्रंयाक रोशनी गुरुङ, मिस पंग्चुवल एन्जल गुरुङ, मिस ट्यालेन्ट संचिता थापा, प्रिटेस्ट स्माइल विपाशा थापा, मिस पपुलर, सुस्मिता बन्जरा र मिस युनिकको अवार्ड पालना थापाले प्राप्त गरेको कार्यक्रमको संयोजक सुनिल थापाले जानकारी दिए । तीन राउण्डसम्म रहेको सो प्रतियोगिताको निर्णायकमा संचारकर्मी सुशिल नेपाली, इन्जिनियर पुकार श्रेष्ठ, गुरुङ फिल्म निर्देशक जसु गुरुङ, ब्युटीसियन रुपकला श्रेष्ठ तथा कलाकार रोहित गुरुङ रहेको आयोजक संस्थाकी प्रिति गुरुङले बताइन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top