फेसबुक ग्रुप हाम्रो पोखराबाट मृगौला पीडितलाई सहयोग

दुवै मृगौला खराब भएका कारण पोखरा बगालेटोल स्थित लेकसिटी हस्पिटलमा उपचाररत १८ वर्षीया एञ्जिला गुरूङलाई फेसबुक ग्रुप हाम्रो पोखराले आर्थिक सहयोग गरेको छ । एञ्जिला स्याङ्जाको भिरकोट नगरपालिका घर भई पोखराको जिरो किलोमिटरमा बसोबास गर्दै आएका मिनबहादुर गुरूङ र आमा पूर्णमाया गुरूङकी छोरी हुन् । उनीहरूको आर्थिक स्थिति निकै कमजोर भएको थाहा पाएपछि हाम्रो पोखरा फेसबुक ग्रुपले सहयोग जुटाएको हो ।

२०७५ बैशाख १ गते विन्ध्यावासिनी मन्दिरबाट सहयोग संकलन कार्य सुरु गरियो । त्यस्तै गरि पोखरामा मात्र नभएर हाम्रो पोखरा फेमिली काठमाडौं एवम् फेसबुक फोटोजेनिक पिपुल्स हेल्पफुल ह्याण्ड्सका साथीहरुबाट पनि राहत संकलन गरी सहयोग गर्नुभयो । यसरी संकलित ५५ हजार ५५ रूपैयाँ २०७५ बैशाख २९ गते शनिवार एञ्जिलाकै घरमा गई हाम्रो पोखरा हेल्पुल हेण्डसकी अध्यक्ष तपस्या गिरी एवम् साथीहरुले हस्तान्तरण गरेका छौं ।

एञ्जिला

हाम्रो पोखरा ग्रुप आगामी दिनमा पनि सामाजिक काम र सहयोगमा निरन्तर क्रियाशील रहने ग्रुप एड्मीन एवम् उक्त राहत संकलन कार्यक्रमकी संयोजक अञ्जना पौडेलले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top