हाँस्य कलाकार (बल्छि धुर्बे) मरिचमान श्रेष्ठ बैवाहिक जीवनमा बाधिए हेर्नुहोस् उनिसँग को रमाइलो कुराकानी (भिडियो सहित)

हाँस्य टेलिसिरियल ‘मेरीबास्सै’ मा बल्छि धुर्बेनामबाट परिचित मरिचमान श्रेष्ठ बैवाहिक जीवनमा बाधिएका छन् । बल्छिले लमजुङ भोटेओडारकी करुणा खड्कासँग प्रेम बिवाह गरेका हुन् । उनले ६ बर्ष लामो प्रेमलाई बिवाहमा बदलेका हुन् ।

शुक्रबार काठमाण्डौको म्हेपि मन्दिरमा परम्परा अनुसार बिवाह गरेका हुन् । मन्दिरबाट बिवाह गरेसँगै बल्छिले आफ्नो निबास गोर्खा लगेर करुणालाई भित्राए । बिवाह समारोहमा दुईपरिवारका सदस्य बाहेक कलाकारहरु खासै देखिदैनथे ।

बल्छिले आजभन्दा ६ बर्ष अघि सिताराम कट्टेलसँग लमजुङको एक कार्यक्रममा जाँदा करुणासँग चिनजान भएको बताए । ‘कार्यक्रमको सिलसिलामा धुर्मुस दाईसँग लमजुङ जाँदा करुणसँग परिचय भयो, पछि कुराकानी हुँदै जाँदा मायाप्रेममा परियो’, बल्छिले भने । करुणाले मनमिल्ने मान्छे पाएकोमा निकै खुसी भएको बताउँछिन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित