रत्नजित र बिकास सेमिफाईनलमा

पोखरा, २९ वैशाख l नेपाली सेनाका रत्नजित तामाङ्ग र भोजपुरका बिकास श्रेष्ठ सातौं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् । खेलकुद महासंघ, राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा नम्बर एक खेलाडी रत्नले प्रहरीका जीवन आचार्यलाई २१–८, २१–८ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । यसतै पूर्व राष्ट्रिय च्याम्पियन बिकासले पुलिसकै बिष्णु कटुवालमाथी २१–१९, १४–२१ र २–१ जित निकाल्दै सेमिमा स्थान बनाए । एक एकको बरावरी खेल पश्चात निर्णायक खेलमा बिष्णु पेटमा दर्द महसुस गरि रिटायर्ड हर्ट भए पछि विकासले खेलमा जित दर्ता गरेका थिए । यस्तै अर्को खेलमा सेनाका नविन श्रेष्ठ र एपिएफका दिपेश धामीले पनि अन्तिम चारमा स्थान सुरक्षित गरे । नविनले एपिएफका साजन कृष्ण ताम्राकारलाई १५ / २१, २१ / १०, २१ / १८ तथा दिपेशले सेनाका प्रफुल महर्जनमाथी २१ / १३, १६ / २१, २१ / १४ को जित निकाले ।

ईटहरीस्थित ईटहरी ब्याडमिन्टन एकेडेमीको कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल तर्फ सेनाकी नङ्गशलदेवी तामाङ्गले भोजपुरकी सिता राईलाई पराजित गर्दै सेमिफाईनलमा झापाकी जेसिका गुरङ्ग संगको भेट पक्का गरिन् । जेसिकाले सेनाकी अनुमाया राईलाई १३ / २१, २१ / ११ र २६ / २४ को संघर्षपूर्ण जित निकालिन् । यस्तै सेनाकी रशिला महर्जनले एपिएफकी शोभा गौचनलाई २१ / ७, २१ / १६ ले र झापाकी सुनैना मुखियाले सेनाकी अमिता गिरीलाई २१ / १७, २१ / १९ले पराजित गर्दै अन्तिम चारमा भेट पक्का गरे ।

पुरुष यु १९ अन्तरतगत जेष्ट ब्याडमिन्टनका सुनिल जोशी, सेनका रुकेश महर्जन, सुनसरीका प्रनिश सिंह ठकुरी र सेनाका प्रफुल महर्जनले पनि आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै उपाधी दौडमा समावेश गरे । सुनिलले सोलुखुम्बुका पेम्बा शेर्पालाई २१/१५, २१।/१२, रुकेशले सेनाका बिशाल खड्कालाई २२।२०, २१।४, प्रनिशले जेष्ट ब्याडमिन्टनका प्रियान्शु क्षेत्रीलाई २१/१६, २१/१६ तथा प्रफुलले सेनाकै दिवस शंकरलाई २१/९, २१/८ले पराजित गरे ।

महिला यु १९ तर्फको खेलमा झपाकी जेशिका गुरुङ्गले बिराट ब्याडमिन्टन क्लबकी रोज पाण्डे तथा सेनाकी रशिलाले बिराट ब्याडमिन्टन क्लबकी सिमा राजबंशीसंग सेमिफाईनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । जेशिकाले मोरङ्गकी शिशु पन्तलाई २१/५, २१/७, रोजले कञ्चनपुरकी लिमिन बेलबासेलाई २१/२, २१/३ले, सिमाले झापाकी अञ्जना राईलाई २१/१२, २१/८ र रशिलाले सगरमाथाकी आयुष्मा राईलाई २१/७, २१/१ले पाखा लगाए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top