सोनम कपुर बिहेपछि पनि आफ्नो अभिनय यात्रामा निरन्तरता दिने दाबी

२७ बैशख l

बिहेपछि अघिकांश हिरोइनकोे फिल्मी करिअर सुस्ताउने गरेको पाइन्छ । हलिउड र बलिउडमा मात्रै होइन, नेपालमा पनि यो कुरा लागू देखिने गरेको छ । तर, मंगलबार बिहे गर्न लागेकी बलिउड अभिनेत्री सोनम कपुरले भने बिहेपछि पनि आफ्नो अभिनय यात्रामा कुनै रोकावट नआउने दाबी गर्दै आएकी छिन् । प्रेमी आनन्द आहुजासँग ८ मेमा बिहे गर्न लागेकी सोनम बिहेकोे ६ दिनपछि नै कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदै छिन् । १४ र १५ मेमा उनी रेड कार्पेटमा क्याटवाक गर्नेछिन् । मुम्बई मिररले उल्लेख गरेअनुसार कान्समा सोनम पति आनन्दका साथमा पुग्नेछिन् ।

तर, आनन्द फेस्टिभलमा भने सहभागी हुने छैनन् । सोनमको यति व्यस्त सेड्युल छ कि समयअभावका कारण उनीहरूले अक्टोबरमा मात्रै हनिमुनमा जाने योजना बनाएका छन् । नयाँ पत्रिकामा खबर छ । कान्समा सहभागी भएर फर्किएपछि सोनम एक लड्कीको देखा तो ऐसा लगा नामक फिल्मको सुटिङमा व्यस्त हुनेछिन् । त्यससँगै उनी आफ्नो प्रदर्शोन्मुख फिल्म वीरे दी वेडिङको प्रमोसनमा लाग्नेछिन् । त्यसपछि उनी द जोया फ्याक्टर नामक फिल्मको सुटिङमा लाग्नेछिन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित