लसुन स्वास्थ्यका लागि निकै फाइदाजनक सावित जान्नुहोस् यस्ता छन् लसुन को फाइदा

लसुनको फाइदा बुझेर दिनहुँ यसको सेवन गर्नेको जमात हिजोआज ह्वात्तै बढेको छ । कतिसम्म भने पाँच वर्ष अघिसम्म बाहुनको घरमा लसुन, प्याज छिराउन हुँदैन भन्नेहरू समेत अहिले दिनरात नभनी लसुनको सेवन गर्न थालेका छन् । लसुनले पेटको वायु कम गर्नुका साथै कोलेस्ट्रोल नियन्त्रण गर्नेदेखि हड्डी मजबुत बनाउनेसम्मको काम गर्छ । लसुनले उच्च रक्तचाप नियन्त्रण गर्नुका साथै रुघाखोकी निको पार्न समेत मद्दत गर्छ ।

लसुनको फाइदाका विषयमा अझै पनि धेरैलाई जानकारी छैन । मानिसहरूले लसुन स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने त बुझेका छन्, तर यसले स्वास्थ्यमा कुन कुन तरिकाले फाइदा पुर्‍याउँछ भन्नेचाहिँ बुझ्न सकेका छैनन् ।  जसका कारण स्वाद तथा स्वास्थ्यका दृष्टिकोणले शरीरका लागि लसुन निकै उपयोगी हुँदाहुँदै पनि यसको सही सदुपयोग हुन सकेको छैन ।

आखिर, लसुनमा त्यसको के गुणु छ, जसले शरीरलाई स्वस्थ्य राख्न मद्दत गर्छ ?

 लसुनका फाइदा

-लसुनमा एलिचिन नामक तत्व पाइन्छ, जुन औषधीको रुपमा प्रयोग गरिन्छ ।

-लसुनमा जति धेरै पोषणतत्व छ, त्यति नै क्यालोरीको मात्रा कम हुन्छ ।

-लसुनको सेवनले रुघाखोकी लगायतका विमारी हटाउन मद्दत गर्छ ।

-उच्च रक्तचाप कम गर्छ ।

-कोलेस्ट्रोल नियन्त्रण गर्छ, जसका कारण मुटु रोग लाग्ने सम्भावना कम हुने गर्छ ।

-लसुनमा एन्टीअक्सिडेन्ट तत्व हुन्छ, जसले अल्जाइमर, डिमेन्सियाजस्तो रोग लाग्नबाट बचाउँछ ।

-आयु लम्ब्याउँछ ।

-शरीरमा रहेको मेटलयुक्त विषाक्त हटाउन मद्दत गर्छ ।

-हड्डीको विकासमा सहयोग पुर्‍याउँछ ।

-खानामा सजिलै समावेश गर्न सकिने लसुनको प्रयोगले खाना स्वादिष्ट बन्छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top