पोखरामा शनिबार बृहत धर्मसभा कार्यक्रम हुदै - SamacharpatiSamacharpati        

पोखरामा शनिबार बृहत धर्मसभा कार्यक्रम हुदै

समाचारपाटी, पोखरा, १ बैशाख । पोखरामा शनिबार बृहत धर्मसभा कार्यक्रम हुदैछ । धर्म जागरण समन्वय विभाग पोखराको आयोजनामा हुने कार्यक्रम पोखरा ७ शान्तीनगर पार्टी प्यालेसमा हुने जनाइएको छ ।

सभामा अन्तराष्ट्रिय विश्व हिन्दु परिषदका महामन्त्री चम्पत रायले सम्बोधन गर्ने आयोजकको भनाई छ । कार्यक्रममा भारत बिहारका राज्यसभा सांसद् गोपाल नारायणको समेत सहभागिता रहेको छ ।

कार्यक्रम पछि सांझ ६ बजे तालबाराहीमा महाआरती कार्यक्रम रहेको जनाइएको छ ।
हरिहरनाथ मुक्तिनाथ सांस्कृतिक यात्रा २०१७ शनिबार पोखरा आइपुग्ने र सो धर्म सभा गर्न लागिएको धर्म जागरण समन्वय विभाग पोखराका एक अभियन्ता जितेन्द्र सिहंले जनाएका छन् ।
चैत्र ३१ गते त्रिवेणीबाट सुरु भएको हरिहरनाथ मुक्तिनाथ सांस्कृतिक यात्रा बैशाख ४ गते मुक्तिनाथ पुगेर समापन हुने छ ।
प्राचीन महत्वलाई स्थापित गर्ने, संस्कारको क्षरणलाई रोक्ने धर्मको जागरण – रक्षण– प्रचार गर्ने उद्देश्यले यो यात्रा गरिएको अभियन्ताहरुले जनाएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित