लेकसाईड, रत्न समाज, सँगम र तारा फुटबल क्लब भिमकाली कपको अन्तिम चारमा

पोखरा २५ बैशाख । पुरानो टुडिखेलमा जारी दोस्रो भिमकाली कपको अन्तिम चारमा लेकसाईड फुटबल क्लब, रत्न समाज सेवा, सँगम र तारा फुटबल क्लब सोमबार सम्पन्न क्वाटरफाईनलबाट बिजयी भएसँगै अन्तिम चारमा प्रबेश गरेको छ । सोमबार सम्पन्न पहिलो खेलमा आयोजक टिमलाई लेकसाईड फुटबल क्लबले ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रबेश ग¥यो । लेकसाईड फुटबल क्लबको जितमा म्यान अफ द म्याच बन्न सफल सुनिल बिकले र अनिल बिकले समान १÷१ र अनिल गुरुङले २ गोल गर्न सफल रहे भने आयोजकको तर्फबाट रोशन राना मगरले सान्त्वना गोल फर्काए ।

दोस्रो खेलमा रि युनाईटेडलाई रत्न समाज सेवाले २–१ गोल अन्तरले हारउदै अन्तिम चारमा प्रबेश गर्यो । म्यान अफ द म्याच बन्न सफल रत्न समाजका समिर गुरुङले २ गोलको योगदान दिए भने बिपक्षी टिमबाट अजय श्रेष्ठले जवाफि गोल फर्काए । एल.जि एसोशियसन र सँगम फुटबल क्लब बिच भएको क्वाटरफाईनलको तेस्रो खेल गोलरहित भएपछि ट्राईबेकरमा २–१ को नतिजा सहित सँगम फुटबल क्लबले सेमिफाईनलको यात्रा तय गर्यो । उक्त खेलबाट राजन गुरुङ म्यान अफ द म्याच घोषित भए ।

तारा फुटबल क्लब र बि–१३ बिच भएको अन्तिम खेल १–१ को बराबरी भएसँगै ट्राईबेकरमा ४–३ को गोल नतिजा सहित तारा फुटबल क्लबले अन्तिम चारमा रत्न समाज सँगको भेट पक्का गर्यो । बि–१३ को तर्फबाट हरी गुरुङले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएपनि तारा फुटबल क्लबका लक्ष्मण रुचाल पनि गोल गर्न माहिर देखिए उनले उत्कृष्ट प्रहार गर्दै बललाई जाली चुमाउदै खेल बराबरीमा पुर्याएका थिए । खेल ट्राईबेकरमा गए पश्चात तारा फुटबल क्लबका गोल रक्षक बाबु मगरले आफ्नो खुबी दर्शाउदै आकर्षक बचाउ गर्दै म्यान अफ द म्याच बन्न सफल भए । म्यान अफ द म्याच बन्न सफल खेलाडीहरुलाई ट्रफिद्धारा पुरस्कृत गरिएको थियो ।

सेमिफाईनलका पहिलो खेल मंगलबार मध्यान्न १२ बजे सँगम फुटबल क्लब र लेकसाईड बिच हुनेछ भने अन्तिम सेमिफाईनल खेल १ बजे रत्न समाज र तारा फुटबल क्लब बिच हुने खेल संयाजक अनिश श्रेष्ठले बताए । उनका अनुसार २६ गते अखिल नेपाल फुटबल सँघका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा फाईनल खेल सम्पन्न हुनेछ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top