प्रदेश नं. ४ को बजेट हेर्नुहोस यस्तो छ बजेट (आन्तरीक मामिला तथा योजनामन्त्री किरण गुरुङले पेश गरेको बजेटको पुर्ण पाठ)

समाचारपाटी, पोखरा, १९ बैशाख । प्रदेश नं. ४ को चालु आर्थिक वर्षको बाँकी अबधिको बजेट आज प्रदेशसभामा प्रस्तुत भएको छ ।

आर्थिक मामीला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गरेको बजेटमा प्रादेशिक संरचनाको प्रबन्ध मिलाउने, प्रदेशमा लगानीमैत्री वातावरण सृजना गर्ने, रोजगारी तथा स्वरोजगारका अवसर सृजना गर्ने, उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, गविी न्यूनिकरण गर्दै पूर्णरुपमा गरिवी निवारण गर्ने, भौगोलिक तथा सामाजिक सन्तुलन सहित प्रदेशको विकास गर्ने उद्देश्यले बजेट तयार पारिएको बताउनुभयो ।

मन्त्री गुरुङले कानुन तर्जुमा र कार्यान्वयन, प्रदेश गौरवका आयोजनाको पहिचान, आयोजना बैंकको तयारी, भौतिक पूर्वाधार निर्माणका सबै चुनौतीपूर्ण कार्यालाई प्रदेश निर्माणको अवसरको रुपमा लिएको बताउनुभयो ।

सरकारले चालु आर्थिक वर्षको निति र कार्याक्रममा पर्यटन, उर्जा, कृषि उध्योग र भौतिक पुर्वाधारलाई प्राथमिकताको क्षेत्रमा राखेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top