न्यूयोर्क ज्याक सनहाईट्समा “सरगम नेपाल” नामक संगीत विध्यालयको शुरूवात

न्यूयोर्क अमेरिका, १८ वैशाख । नेपाली गीतसंगीतको संवर्धन र बिकासको लागी न्यूयोर्क निवासी नेपाली कलाकारहरू द्वारा न्यूयोर्क ज्याक सनहाईट्समा “सरगम नेपाल” नामक संगीत विध्यालयको शुरूवात गरिएको छ । नेपालका ख्यातिप्राप्त गायक गायीका अनि संगीतकर्मी द्वारा संचालित यस “सरगम नेपाल”मा चिरपरिचित गायीका सपना श्री र चिरपरिचित गायक जगदीश समालले भोकल क्लास, बिगत तीन दशक देखि संगीतमा सक्रिय संगीतकर्मी शिशीर श्रेष्ठले गीटार क्लास र तीन दशक भन्दा बढी सक्रिय रिदमीस्ट (मादल,तबला,ढोलक,खिं र ढिमे) न्हुछें डंगोलले रिदम् क्लास लिनु हुनेछ।

प्रवासमा रहेर पनि नेपाली संगीतमा केहि गर्नु पर्छ भनेर नेपाली संगीतलाई माया गर्ने संगीतकर्मी गायकरसंगीतकार ओम कर्माचार्य र गायक दिकेश प्रजापति “सरगम नेपाल” का संचालक हुनुहुन्छ। स्मरण रहोस न्युयोर्क स्थित एक मात्र नेपाली रेकर्डिंग स्टुडियो “ओम मेगा” का संचालक संगीतकर्मी ओम कर्माचार्य हुनुहुन्छ । ”सरगम नेपाल” संगीत बिध्यालय शूरुवातसंगै न्यूयोर्क स्थित संगीतकर्मी र नेपाली समुदायमा खूशियाली छाएको छ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top