राम्रो काम गरेर फर्किएका तीनहजार नेपालीलाई पुनः कोरिया लगिने

काठमाडौँ, १६ बैशाख । पहिले नै दक्षीण कोरिया गएर फर्किएका तीनहजार नेपालीलाई पुनः कोरिया लगिने भएको छ । कोरियाले राम्रो काम गरेर फर्किएका तीन हजारको नाम पठाएपछि पुनः परीक्षाका आधारमा पठाउन लागिएको इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले बताउनुभयो ।

 

खनालले भन्नुभयो ‘परीक्षा यही वैशाख १७ गतेदेखि नै लिने निर्णय गरेका थियौँ, तर बिदा परेका कारण वैशाख १९ गतेदेखि मात्र लिन लागेका छौँ’, ‘परीक्षामा लगभग तीन हजार २०० जना सहभागी छन् ।’ लगभग ५० प्रतिशत पास गरी लैजाने कोरियाको लक्ष्य रहेको उहाँले जानकारी दिनुभएको हो । परीक्षा इपीएस कोरियाको नेपाली शाखा, ग्वार्कोमा हुनेछ । परीक्षा एकपटकमा २८ जना गरी दिनको चारपटक लिइनेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित