पोखरा लिंकन कलेजमा नयाँ व्यवस्थापन

पोखरा, १६ वैशाख l व्यवस्थापन र होटल व्यवस्थापन क्षेत्रमाअन्तराष्ट्रिय स्तरको स्नातक शिक्षा सञ्चालन गरिरहेको लिंकन युनिभर्सिटी मलेशियाबाट मान्यता प्राप्त पोखरा लिंकन इन्टरनेशनल कलेज सिमलचौरमा नयाँ व्यवस्थापन समितिलाई स्वागतगरिएको छ ।  कार्यक्रममा नयाँ व्यवस्थापन समितिलाई स्वागत गर्दै कलेजका संस्थापक निर्देशक शेरबहादुर गुरुङले कलेजले प्रदानगर्दै आएको शैक्षिक गुणस्तर गर्व लायक रहेको बताए ।

कलेजले प्राप्त गरेको ख्यातिकै कारण विद्यार्थीले अन्तराष्ट्रिय रुपमा क्रेडिट ट्रान्सफर तथा इन्टर्नशिप गर्न सक्ने र अहिले चिनमा विद्यार्थीहरु इन्टर्नशिप गरिरहेको उनले जानकारी दिए । कलेजकी संस्थापक प्राचार्य पम्फा गुरुङले हालै मात्र ४ जना विद्यार्थीले न्एब् द्धल्याउन सफल भएको स्मरण गराइ कलेजको नाम उच्च राखेकोमा प्रशंसा गरिन । ४ बर्षे BBA/BHM पास गरी ज्येष्ठ १२ गते प्रथम पटक दिक्षान्त समारोहमा भाग लिन लागेका विद्यार्थीहरु लाई पनि गुरुङले शुभकामना दिइन् ।

नवआगन्तुक एकेडेमिक डाइरेक्टर राधाकृष्णअधिकारीले कलेजमा रहेको अत्याधुनिक पूर्वाधार, उर्जाशिल तथा बौद्धिक संस्थापन समितिसंग कामगर्न आफू उत्साहित रहेको बताए साथै शैक्षिक गुणस्तरी यता लाई बढावा दिन आफ्नो तवरबाट हर प्रयास गर्ने बताए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top