४ नं प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

पोखरा, १५ वैशाख l

बागलुङ  कुटपिट गर्दा मृत्यु
मिति २०७५।०१।१३ गते अ।२०:०० बजेको समयमा जिल्ला बागलुङ बरेङ गाउपालिका ३ खाल्डे स्थित सोही स्थान बस्ने बर्ष ४० कि सुमित्रा सार्की र निजको छोरा वर्ष(१८र१९को अर्जुन सार्की बीच घरायसी विषयलाई लिएर झै(झगडा भइरहेको अवस्थामा छिमेकी वर्ष(३० को यम बहादुर सार्की अत्याधीक मादक पदार्थ सेवन गरी उक्त झगडा मिलाउन गएकोमा निज आमा छोरा मिलि उक्त यम बहादुर सार्कीलाइ कुटपिट गरी घाइते बनाएको र निज घाइतेलाइ मिति २०७५।०१।१४ गते उपचारको लागी मिसन हस्पिटल पाल्पा पठाईएकोमा बाटोमा नै मृत्यु भएको भन्ने खबर आज मिति २०७५।०१।१५ गते बिहान ०८:०० बजे प्रहरीलाई खबर प्राप्त हुनसाथ तत्काल प्रहरी टोलि खटि गई निज कुटपिट गर्ने दुबै जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।

पर्वत  बिजुलिको तारले लागी घाईते
मिति २०७५।०१।१५ गते अन्दाजी ०८:४५ बजेको समयमा कुश्मा नगरपालिका १४ आर्थर कार्कादो भन्ने स्थानमा डोजरले बाटो खन्ने क्रममा बाटोमा परेको रुख पन्छाउदै गर्दा रुख ढलि सङ्गैको बिजुलिको तारमा परी तार चुट्टिएर तारले अन्दाजी २०० मिटर पर बाट अबलोकन गर्दै गरेका सोही स्थान बस्ने बर्ष अन्दाजी ६१ का टेकनाथ रिमाल लाइ ठक्कर दिदा घाईते भई उपचारको लागि जिल्ला अस्पताल कुश्मा लगिएको छ । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कास्की  आगलागी भएको
मिति २०७५।०१।१५ गते अं।०९:३५ बजेको समयमा कास्कीको पोखरा लेखनाथ महानगरपालिका २६ विजयपुरमा रहेको चन्द्रा परियारको भैसि गोठमा आगोलागी भएको छ भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली खटी गई प्रहरी,दमकल र स्थानियको सहयोगमा अ।१०:३० बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएकोछ । आगलागिवाट अ।३,५०,०००र( बराबरको क्षति भएको छ ।

कास्कीस् २ वटा मृतलास फेला परेको
मिति २०७५।०१।१५ गते अं।१०:३० बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका १३ दुई कुलाको मुहानमा २ वटा ९पुरुष० मृतक लाश फेला परेको छ भन्ने खबर प्राप्त क्इऋइ अधिकृत सहितको प्रहरी टोलि खटिगई घनाका विषयमा थप अनुसन्धान भैरहेको छ । मृत्यु हुनेमा मादी गाउपालिका ३ ताङतिङ घर भई पोखरा लेखनाथ महानगरपालिका १३ सिग्देलटोल बस्ने वर्ष १९का कुमार नेपाली रहेका छन् । अका एक जनाको भने नामथर वतन खुलेको छैन प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कास्की  सवारी दुर्घटना
मिति २०७५।०१।१५ गते अं।१२स्३५ बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका १७ बरालफिडमा ग ४ प ९३८३ नं।को मोटरसाईकल र ग ११ प ५९०५ नं।को मोटरसाईकल एक आपसमा ठक्कर खादा ग ११ प ५९०५ नं। को मोटरसाईकल चालक जिल्ला कास्की पोखरा लेखनाथ महानगर पालिका(१७ बिरौटा बस्ने बर्ष(२२ को बिनोद गिरि घाईते भई उपचारको लागी फेवासिटि अस्पताल लगीएकोमा थप उपचारको लागी मणीपाल शीक्षण अस्पताल पठाईएको छ । दुवै मोटरसाईकल जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा रहेको र ग ४ प ९३८३ नं।को ।सवारी चालक वडा प्रहरी कार्यालय वैदामको नियनत्रणमा रहेको ।

नवलपुर (बर्दघाट सुस्ता पुर्व) स् निरिक्षण कार्यक्रम
मिति २०७५।०१।१५ गते अंन्दाजी १४:३० बजेको समयमा जिल्ला नवलपरासी ९ बर्दघाट सुस्ता पुर्व ० गैंडाकोट नगरपालिका (२ स्थित रहेको भृकुटी कागज ९ हाल बन्द रहेको ० कारखानाको माननिय उद्योग मन्त्री मात्रिका प्रसाद यादव ज्यु द्दारा निरिक्षण गर्नु भएको छ । उक्त स्थानमा प्रहरी टोलि खटिगएको छ ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top