व्यवसायीको आगलागीबाट ३५ लाख बराबरको क्षति, दमकल समयमै नआउदा ठूलो क्षति हुन् पुगेको व्यवसायी आरोप

इटहरी, १५ वैशाख l   इटहरी  ४ स्थित पारुहाङ चोकमा गएराति भएको आगलागीमा परी चार जना व्यवसायीको ५० लाख बराबरको  क्षति भएको छ । आगलागीमा पदम अधिकारीको फ्रेस हाउस जल्दा १८ लाख रुपैयाँ बढीको क्षति भएको छ । उनको मोटरसाइकल , ल्यापटपलगायतका सामानसमेत जलेका छन् । यस्तै बालकुमार राईको खाजा घर जल्दा साढे १० लाख बढीको क्षति भएको पीडितले जानकारी दिएका छन् ।

चार महिना अघि मात्र विदेशीकुमार श्रेष्ठले किनेको मासु पसल जल्दा पाँच लाख बढीको क्षति भएको छ । यस्तै मनकुमारी राईको किराना पसलमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको पीडितले बताएका छन्  ।

आगो लागि को कारण खुल्न सकेको  छैन आगो नियन्त्रणमा लिन सुन्दरहरैंचा, दुहबी लगायतको ठाउँबाट समेत दमकल आएको प्रहरीले जनाएको छ । पीडितहरुले इटहरीको दमकल समयमै आइनपुगेको कारण ठूलो क्षति भएको  आगलागी स्थलबाट तीन सय मिटर नजिक रहेको दमकल समयमै आइनपुगेको स्थानीयको गुनासो छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top