सिटी रेवानको रमाईलो बनभोज सम्पन्न

पोखरा, १४ बैशाख । पोखरा नगर रेष्टुरेण्ट एण्ड बार एशोसियशन (सिटी रेवान)को आयोजनामा रमाईलो बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि एवं संस्थाका संस्थापक अध्यक्ष चिरञ्जिवी श्रेष्ठले संस्था स्थापनाको उद्देश्यमाथि प्रकाश पार्दै सिटी रेवान पर्यटन प्रवद्र्धनका लागि निरन्तर लागीरहने बताउनुभयो ।

यस्तै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका पुर्व अध्यक्ष एवं संरक्षक प्रजापती पराजुलीले सस्थाले गरेका काम प्रति प्रशंसा गर्दै आगामी दिनमा पनि व्यवसायीका हक हित र सामाजीक काममा निरन्तर लाग्न अनुरोध गर्नुभयो ।

रमाईलो बनभोजमा संस्थामा आवद्ध व्यवसायीहरु, कलाकारहरुको उल्लेख्य सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष दिपक तिमिल्सीनाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव जिवन दाहालले गर्नुभएको थियो ।

रमाईलो बनभोजमा कलाकारहरुले विभिन्न गित गाएका थिए भने मनोरञ्जनका लागि विभिन्न खेल पनि खेलाईएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top