नगर महिला समन्वय समितिको आयोजनामा दुई दिने कानुनि परामर्श ,नेतृत्व बिकास तथा अन्तरक्रिया कार्यक्रम सुरु

पोखरा, १३  वैशाख  l नगर महिला समन्वय समितिको आयोजनामा दुई दिने जननिर्बाचित वडा महिला सदस्यहरु र नगर महिला समन्वय समिति तथा नेतृत्व तहमा पुगेका महिलाहरु बीच कानुनि परामर्श ,नेतृत्व बिकास तथा अन्तरक्रिया कार्यक्रम भमरकोट पार्टी प्यालेसमा आजबाट सुरु भएको छ।कार्यक्रममा ब्यानरमा हस्ताक्षर गरि उदघाटन गर्दै प्रमुख अतिथि पोखरा लेखनाथ महानगर पालिकाका उपप्रमुख मन्जु देबी गुरुङले समितिको कार्य उल्लेखनीय रहेको भन्दै प्रसंसा गर्नुभयो।


वडा आफैमा सरकार भएकोले आफ्नो वडाको समृद्दी मा वडाका प्रतिनिधिको दायित्व रहेको उहाको भनाई छ।महिला न्यायिक समितिमा ६१ वटा उजुरी आएका र कतिपय आपसी समझदारीमा मिलाइएको उहाले अबगत गराउनुभयो। मुख्यतया महिला हरु आर्थिक रुपमा कमजोर हुनु,आफ्ना हक अधिकार को ज्ञान नहुनु ,स्वास्थ्य ,शिक्षा जस्ता बिसयमा पहुच नपुग्नुले पछाडि परेको उहाको भनाई छ। महिलाको विषयमा महानगर ले निशुल्क कानुनि परामर्श ,उपमेयर संग महिला कार्यक्रम जस्ता बिसयबस्तुले साथ र सहयोग रहने बताउनु भयो। यसैगरी बिशेस अतिथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ,पोखराका प्रमुख काशीराज दाहालले देश संघीयताको कार्यान्वनमा जादा महिलाको भूमिका महत्वपूर्ण रहने बताउनुभयो।

उहाले प्रतेक नागरिकको हात हातमा नेपालको संबिधान हुन् आबस्यक रहेको पनि खाचो औल्याउनुभएको छ।भ्रस्टाचार जन्य कुनैपनि घटना को बारेमा मौन नबस्न आग्रह गर्दै पैसा नलाग्ने टोल फ्री नं १०७ मा फोन गर्न पनि उहाले आग्रह गर्नुभयो । नगर समन्वय समितिका प्रथम उपाध्यक्ष उत्तम जोसीले जनप्रतिनिधिले स्थानीय समस्याको पहिचान गरि समाधान तर्फ ध्यान दिन आबस्यक रहेको बताउनुभयो।सबैले सिंहदरबारको अधिकार स्थानीय तहमा आएको भनेपनि महसुस नभएको उहाको तर्क छ।

यसैगरी मानब सेवा आश्रम का प्रतिनिधि होमनाथ तिमिल्सिनाले आफ्नो संस्थाले खाना नाना र छाना बाट बिमुख भएका हरुलाई सहयोग गर्दै आएको र सबैको सहयोग को अपेक्षा राख्नुभयो।अन्तक्रिया कार्यक्रम अन्तर्गत बिभिन्न टोल समितिकाका महिलाहरुले समितिको अधिकार काम कर्तब्य का साथ् साथै आफ्ना टोल मा भएका समस्या को बारेमा ध्यानाकर्षण पनि गराएका थिए।दुई खण्डमा संचालन गरिएको कार्यक्रमको दोश्रो खण्डमा अधिबक्ता जुना गुरुङले नागरिकताको बिसयमा उपस्थित महिलाहरु माझ नीति नियमका बारेमा जानकारी दिनुभयो।

समितिकी अध्यक्ष पवित्रा गुरुंगले २०७१ चैत्र ७ गते बाट नगर महिला समन्वय समिति गठन गरि बिभिन्न समयमा बिबिध कार्यहरु गर्दै आएको उल्लेख गर्नुभयो।कार्यक्रम मा ३३ वटै वडाका महिला सदस्यहरुको उपस्थिति रहेको थियो।समितिकी दित्तीय उपाध्यक्ष इन्द्रमाया बानिया को स्वागत मन्तब्य रहेको कार्यक्रम को संचालन सचिब सबिता ढुंगानाले गर्नुभएको थियो ,कार्यक्रममा भोलिपनि बिबिध विषयमा छलफल हुनेछ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित