४ नं। प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

पोखरा, १३ वैशाख l 

तनहुँ  शव फेला
मिति २०७५।०१।१२ गते १०:०० बजेको समयमना जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका ४ नयाँपुल स्थित सेति नदिको खोचको किनारमा हाल नामथर वतन नखुलेको वर्ष ४२ की महिलाको शव तैरीरहेको अबस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटि गई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।

तनहुं  सवारी दुर्घटना
मिति २०७५।०१।१२ गते ६:३० बजेको समयमा जिल्ला तनहुं व्यास नगरपालिका १२ पालिङ स्थित पृथ्वीराजमार्गमा डुम्रेबाट दमौली तर्फ आउदै गरेको ःी ण्ज्ञ ब्ब् ण्ज्ञण्ज्ञ नम्वरको ग्यास बुलेट आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खस्दा चालक भारत घर भएको वर्ष २२ को छोटुलाल रुमार र सहचालक वर्ष २१ को नितेश कुमार घाइते भएका छन् । घाइतेलाई उपचारको लागि रत्नहरि अस्पताल दमौली पठाईएको छ । उक्त स्थानमा प्रहरी टोलि खटि गएको छ ।

बागलुङ  सवारी दुर्घटना
मिति २०७५।०१।१२ गते जिल्ला बागलुङ बर्डिगार्ड गाउपालिका ६ धाईरीघाट स्थित मध्ये पहाडी लोक मार्गमा बुर्तिबाङ बाट गलकोट तर्फ आउदै गरेको ध १ ज८०२ नंबरको ट्याक्सि अचानक अनियन्त्रीत भई सडक बाट अन्दाजि २५ फिट तल खस्दा ट्याक्सिमा सवार चालक सहित ४ जना घाईते भई उपचारको लागि बर्डिगार्ड अस्पताल बर्डिगार्ड तर्फ पठाईएको छ । घटनास्थलमा प्रहरी टोलि खटि गएको गएको छ ।

पर्वत  आगलागि
मिति २०७५।०१।१२गते जिल्ला पर्वत मोदि गाउँपालिका (६ तिलहार स्थित नरवदा लामिछानेको २ तले खरले छाएको कच्चि घरमा बिजुलीको तार सर्ट भइ अचानक आगलागी भएको छ भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोलि खटि गएको छ । आगलागिबाट घर सहित अन्नपात,लत्ताकपडा,तथा भाँडा वर्तन गरि सात लाख बराबरको क्षति भएको छ ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top