दृष्टिबिहीन गायक प्रकाश तिमिल्सीनालाई १ लाख ११ हजार सहयोग

करापुटार, ११ बैशाख । दृष्टिबिहीन गायक प्रकाश तिमिल्सीनालाई करापुटारमा १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गरिएको छ । करापुटारमा आयोजित तेश्रो करापुटार साँस्कृतिक धमाका २०७५ बाट संकलन भएको ९७ हजारमा कार्यक्रममा संयोजक एवं समाजसेवी कृष्ण बरालले १४ हजार १ सय ११ रुपैया थप गरी १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गरिएको हो ।

प्रकाश २ वर्षको हुँदा बाढीमा बगेर आँखाको ज्योती गुमेको थियो । विभिन्न ९ भाषामा गित गाउन सक्ने प्रकाश विश्व कृतिमान राख्ने सोचमा हुनुहुन्छ भने उहाँको आँखाको उपचारका लागि विभिन्न ठाउँमा यस्तो अभियान संचालन भईरहेको छ । उहाँको आँखाको उपचार गर्न करीब ५० लाख लाग्ने अनुमान गरिएको छ ।

उहाँको आखाको उपचार विश्वमा अष्ट्रियामा मात्र हुने जनाइएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा संयोजक कृष्ण बरालले करापुटार बासीले प्रकाशलाई मन देखि सहयोग गरेको भन्दै आँखा देख्ने भएपछि करापुटारमा पुनः आउन निम्तो दिनुभयो । यता गायक तिमिल्सीनाले आफुले सोचे भन्दा धेरै सफल भएको र आफ्नो जिवनलाई करापुटार र यहाँका सहयोगि मनहरुलाई कहिल्यै नभुल्ने बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित