आफ्नो History भित्र story लुकेको भन्दै प्रकाशले यसरि खुलाए आफ्ना बिगतका कुराहरु !

२०४४ सालको वैशाख १ गते सुनसरीको प्रकाशपुरमा जन्मिएका प्रकाश तिमिल्सिनालाई एक वर्षको सानो उमेरमा नै पारिवारीक विछोडको विपत्ति आइपर्यो । २०४५ सालको भुकम्प पछिको कोशीको बाढिका कारण उनले आफ्नो परिवार गुमाए नै आफ्नो दृष्टि पनि गुमाउन पुगे। उनै प्रकाश अहिले नेपाली संगीताकाशमा चम्किला तारा बनेर उदाइरहेका छन् ।
हेर्नुहोस उनीसंग गरिएको कुराकानी :

 

इच्छा शक्ति हुनु पर्छ मानिसले जे पनि गर्न सक्छ। यसको उदाहरण खोज्न टाढा जानु पर्दैन नेपालमा नै पाइन्छ । त्यस्तै उदाहरण मध्येका एक हुन गायक प्रकाश तिमिल्सिना । उनको जीवन संघर्षले आम मानिसलाई एउटा उदाहरण दिन सक्छ ।

प्रकाशले देशविदेशमा थुप्रै कन्सर्टहरू गरेका छन्। नेपालका अधिकांश भागमा पुगेका उनी विदेशमा हङकङ दुई पटक, कोरिया, कतार र दुबई पुगेका छन्। आफ्ना गुमेको दृष्टि फिर्ता हुने आशामा छन् उनी । त्यसकालागि अस्ट्रियामा जानुपर्ने डाक्टरहरूको उनलाई सल्लाह रहेको छ । अहिले उपचारको लागि आवश्यक ४५ लाख रूपैयाँ लाग्नेछ, पैसा जम्मा गर्दैछन् प्रकाश । आफू समाजसेवी भएर समाजसेवा गर्न चाहन्छन प्रकाश ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top