फेदिखोला २ का मृगौला पीडित राजेन्द मिजारलाई खड्केटारी परिवर्तन युबा समूहबाट अर्थिक सहयोग

स्याङ्गजा, ९ वैशाख l  स्याङ्गजा फेदिखोला २ सार्की गाउँ नीबासी २६ बर्सीय मीर्गौल्ला पीडित भाई राजेन्द मिजारलाई सहयोग अभियान अन्तर्गत  परिबर्तन युबा समूह खड्केटारी बाट निज को उपचार  थप सहयोग सोरुप २३३०० रुपैयाँ सहयोग प्राप्त भएको छ  l मानबीय भाबना राखी सहयोग गर्नु हुने यहाँ हरू (परिबर्तन युबा समूह ) को यो कार्य प्रसंसनीय छ l यहाँ हरु को यो सहयोग ले अरु लाई पनि सहयोग गर्न अभिप्रेरित  गरेको छ l

आफुलाई जन्म दिने आमालाई गुमाइसकेका, पारिवारिक स्थिति निकै नाज़ुक भएका राजेन्द्र मिजार जुन धन कमाउनको लागी परदेशमा गएका थिए। धनको मुठो बोकेर आउलान भनेर बसेको परिवार १० महिना पछि राजेन्द्र मृगौलामा घाउको मुठो बोकेर फर्कदा परिवारमा निकै ठुलो पिडा छायो।उहाँको परिवारलाई परेको पिडालाई धेरै जनाले साथ दिनुभयो। परिवर्तन युवा समुह पनि उहाँको पिडा सग टाढा रहन सकेन र यसै समुहका अध्यक्ष, कोषाध्यक्ष लगाएतको सकृयतामा देश बिदेशमा रहनुहुने सहयोगी मन सग हातेमालो गरि रु २३३०० रकम संकलन गरि समुहका सल्लाहकार इश्वर अधिकारी को हातबाट मृगौला पिडित राजेन्द्र मिजार लाई रकम हस्तान्तरण गरियो।

एउटाको पिडामा सबै मिली साथ दिनुपर्छ भन्ने भावनाले अगाडी बढेको समुहलाई साथ दिनुहुने सम्पूर्ण सहयोगी मन हरुलाई बिशेष बिशेष धन्यवाद। अझै पनि राजेन्द्र मिजार को परिवार लाई सहयोग को खाचो छ खुल्ला हृदयले सहयोग गरौ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top