फाइनल खेलमा ३–१ गोलले ए.बि.सी पराजित, स्याङजा वालिङ बिजयी

हेमजा, ९ वैशाख l हेमजा युनाइटेडद्वारा आयोजित शुभकामना कप नकआउट फुटबल प्रतियोगितामा स्याङजा वालिङ युनाइटेड बिजयी भएको छ । शनिबार भएको फाइनल खेलमा स्याङजा वालिङ युनाइटेडले ए.बि.सी लाई ३–१ गोल अन्तरले पराजित गर्दै शुभकामना कप नकआउट फुटबल प्रतियोगितामा उपादि चुम्न सफल भएको हो ।

सो खेलमामा स्याङजा वालिङ युनाइटेडको तर्फबाट जर्सी न. ४ का टिकराज गुरुङले खेलको १ मिनेटमा नै गोल गरको थिए । त्यस्तैै खेलको १६ मिनेटमा जर्सी न. ८ का सन्जु रानाले गोल गर भने त्यस्तै दोस्रोे हापकोे ३४ मिनेटमा जर्सी न. ७ का सन्जय गुरुङले गोल गर्न सफल भइ बिजयी बन्न सफल भयो । उक्त खेलमा ए.बि.सी. को तर्फबाट दोस्रो हापको १७ औ मिनेटमा जसी न. ४ का पदम भटराइले सान्तोना गोल फर्काउन सफल भएता पनि उपबिजेतामा नै चित्त बुजाउनु पर्यो । यो खेलमा स्याङजा वालिङ युनाइटेडका जर्सी न.४ का टिकराज गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

विजेता स्याङजा वालिङ युनाइटेडल नगद २ लाख २२ हजार २ सय २२, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर भने उपविजेता ए.बि.सी. ले नगद १ लाख ११ हजार १ सय ११, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।

हेमजा युनाइटेडद्वारा आयोजित शुभकामना कप नकआउट फुटबल प्रतियोगितामा अनुसासित टिमकोे रुपमा हेमजा ११ ए ले नगद रु १० हजार, ट्रफी प्रप्त गरे । त्यस्तै बेस्ट गोल किपर स्याङजा वालिङका राजाबाबु थापा, ब्यस्ट डिफन्डर स्याङजा वालिङका आसिस गुरुङ, ब्यस्ट स्टाइगर स्याङजा वालिङका लछुमण रुचाल, उत्कृष्ठ प्रसिक्षक दिलिप थापा, सर्बादिक गोेलकर्ता स्याङजा वालिङका बिश्वास श्रेष्ठ र उत्कृष्ट खेलाडी स्याङजा वालिङकै कृष्ण कुँवर घोषित भए । उत्कृष्ट खेलाडीले ७ हजार ट्रफी र अन्य बिधामा रु ५।५ हजार र ट्रफी प्रप्त गरका छन ।

‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मूलनाराका साथ हेमजा युनाइटेडले आयोजना गरेको उक्त प्रतियोगिता बैशाख ८ सम्म चल्ने छ। प्रतियोगितामा १६ टिम सहभागी थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top