मोरङमा १३ वर्षकी बालिकाको घाँटी रेटेर हत्या

मोरङ, ८ वैशाख l मोरङकी १३ वर्षकी बालिका आफ्सना खातुनको शव घाँटी रेटेको अवस्थामा भेटिएको छ । शुक्रबार बेलुकी घाँस काट्न गएकी सुनवर्षी नगरपालिका–७ मलदैया टोलकी १३ वर्षकी खातुनको शव घरबाट झण्डै पाँच सय मिटर परको मकै बारीमा हत्या गरेर फालेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीले भने बालिका खातुनको हसियाँले घाँटी रेटेर हत्या गरिएको हुन सक्ने जनाएको छ । हत्या भएको ठाउँमा रगतले लतपतिएको हँसिया भेटिएकाले हसियाले रेटेर हत्या भएको प्रहरीको अनुमान छ ।

हत्याको कारण तत्काल पत्ता लाग्न नसकेको उल्लेख गर्दै प्रहरीले परिवारका सदस्यसँगको कुनै रिसिइबीका कारण घटना भएको हुनसक्ने आशंका गरेको छ । शवको जिल्ला अस्पताल रंगेलीमा पोष्टमार्टम गरिएको र त्यसको रिपोर्टले घटनाका बारेमा धेरै कुरा खुलाउन सहयोग गर्ने प्रहरीको अपेक्षा छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top