fbpx

प्रेमकथाको फिल्म ‘प्रेमा’ चैत १७ अर्थात मार्च ३१ बाट रिलिज हुँदै

author

समाचारपाटी

१ year अगाडि

त्रिकोणात्मक प्रेमकथाको फिल्म ‘प्रेमा’ चैत १७ अर्थात मार्च ३१ बाट रिलिज हुँदैछ । गोविन्द सिंह भण्डारी निर्देशित फिल्म प्रमुख कलाकारहरु शुभेक्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठ वरपर घुमेको छ ।

फिल्ममा गोविन्द र विवेक घिमिरेको लगानी छ । अमेरिकाको बोस्टन, मेसाच्युसेटमा बस्ने विवेक फिल्म ‘चिनी कम रङ कडा’ का निर्देशक समेत हुनुहुन्छ । विवेक नेपालमा नेपाली कथा खोज्न मन पर्ने भएकाले ‘प्रेमा’मा लगानी गरेको बताउँनुहुन्छ । ‘विदेशमा पनि नेपाली कथाहरु भेटिन्छन् । तर नेपालमा जस्तो नेपाली कथाहरु भेटिँदैन’, उहाँ भन्नुहुन्छ ।

सन् ८० र ९० को दशकबीचमा हुर्किनुभएका विवेकको सम्झनामा त्यो समयमा मनोरञ्जनका लागि धेरै विकल्प थिएनन् । ‘बाल्यकालदेखि नै फिल्म हेरेर रमाउँथे । त्यही समयदेखि फिल्म निर्माण सम्बन्धी अध्ययन गर्छु भनेर प्रण लिएँ । जुन प्रणलाई डिग्रीमार्फत पुरा गरें’, विवेकको भनाइ छ ।

विवेक ‘प्रेमा’को नौलो स्क्रिप्टले आफू तानिएको दाबी गर्नुहुन्छ । उहाँले स्क्रिप्टपछि निर्देशक गोविन्दको काम गर्ने शैलीबाट आफू प्रभावित भएकाले पनि फिल्मसँग जोडिएको बताउनुभयाे ।

‘गोविन्दजी र मैले पहिला ‘चिनी कम रङ कडा’मा सहकार्य गरिसकेका थियौं । मलाई फिल्म निर्माणमा चासो पहिलादेखि नै थियो । मेरो अगाडि प्रेमाको स्क्रिप्ट आएपछि त्यसको कथावस्तुले लगानी गर्न आकर्षित गर्यो’, विवेकले भन्नुभयाे ।

विवेकलाई सबै जनराका फिल्म मन पर्छ । त्यहीकारण उहाँ एक्सन, प्रेमकथा, कलात्मक र सांगीतिक फिल्म हेर्न छुटाउँनुहुदैन् । उहाँ राम्रो जनराको कन्सेप्टमा स्क्रिप्ट आउँदा लगानी गर्न उत्साहित हुनुहुन्छ ।

विवेकका अनुसार उहाँले ‘प्रेमा’लाई अमेरिकासहित विश्व बजारमा रिलिजको तयारी गरिरहनुभएकाे छ । ‘हामीले यसका बारेमा योजना र रणनीति बनाइसकेका छौं’, उहाँ भन्नुहुन्छ ।

विवेक ‘प्रेमा’को कास्टिङ क्रु, स्क्रिप्ट, प्राविधिकसँग सन्तुष्ट हुनुहुन्छ । आफ्नो फिल्मको स्क्रिप्ट, कन्सेप्ट र छायाङ्कनसँगै निर्देशक गोविन्दको कामले पनि अहिलेसम्म बनेका प्रेमकथाका फिल्म भन्दा ‘प्रेमा’ फरक रहेको दाबी गर्नुहुन्छ ।

उहाँले नेपाली फिल्म निर्माताले गुणस्तरीय फिल्ममा ध्यान दिन सके नेपाली फिल्मलाई विश्वबजारमा पु याउन कुनै समस्या नहुने बताउनुभयाे । उहाँको अनुभवमा पछिल्लो समय विशेषत गैर आवासीय नेपालीहरुले नेपाली फिल्मप्रति चासो देखाइरहेकाले यसलाई फिल्मकर्मीले अवसरका रुपमा लिनुपर्ने सुझाव छ ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

१६.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने