अभिभाकत्व ग्रहण गरी मन्त्री पुन मगर बाट विद्यार्थी भर्ना

पोखरा, ६ वैशाख l प्रदेश नम्बर ४का सामाजिक विकास मन्त्री नरदेवी पुनमगरलेले पोखरा ५ मालेपाटनमा रहेको वाराही माध्यमिक विद्यालयमाएकविद्यार्थीलाई बुधबार भर्ना गराएकी छन ।  मन्त्री पुनमगरले सुमन गजमेरको अभिभाकत्व ग्रहण गर्दै कक्षा १मा भर्ना गराएकी छन । सुमनको परिपवार उदयपुरको कटारी भई पोखराको जिरो किमी बस्दै आएको छ । उनको बाबाले अर्की महिलासंग विवाह गरी हिडे पछि आमा मनिषा बेसाहारा छिन ।


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवप्रसाद भण्डारीले कक्षा १मा मदना तामाङलाई भर्ना गराएका छन । पोखरा महानगरका वडा नम्बर ५ का सदस्य पुष्पराज बरालले कक्षा १०मा सिर्जना विकलाई भर्ना गराएका छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजीप्रसाद कोइरालाले कक्षा ३मा परशुराम चौलागाईलाई भर्नामा सहयोग गरेका छन । स्थानीय कृष्णप्रसाद बरालले कक्षा ९मा दुर्गा गदाललाई र डा गिरीधारी दाहालले कक्षा ९मा रमा जिरेललाई भर्ना गराएको शिक्षक रामप्रसाद पोखरेलले जानकारी दिए ।

कार्यक्रममा मन्त्री पुनमगरले प्रधानमन्त्री केपी ओलीले विद्यार्थी भर्ना अभियान सुरुवात गरे पछि सरोकारवाला सबैमा उत्साह बढेको बताइन । अभियानले संविधानको मौलिक हक अनुसार शिक्षाको अधिकार सुनिश्चितच गर्न सघाउने उल्लेख गरिन् ।  पोखरा महानगरपालिका वडा नम्बर ५का अध्यक्ष धनबहादुर नेपालीले वडामा रहेका उमेर समूहका सबै बाल बालिकालाई विद्यालय भर्नाको लागि सघाउने बताए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top